फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
पोखरामा प्रिटी गर्ल फिटनेस सेन्टर संचालनमा आएको छ । महिलाहरूको स्वास्थ्य तथा शारीरिक व्यायामलाई मध्यनजर गर्दै यो सेन्टर संचालनमा ल्याइएको हो । पोखराको सिमलचौरमा खुलेको यो फिटनेस सेन्टरमा महिलाहरूका लागि जिम, जुम्बा, बक्सिङ, स्टिम आदि सेवा प्रदान गरिने अनिला गुरुङले जानकारी दिइन् ।
यो सेन्टरमा व्यक्तिगत तथा सामूहिक प्याकेजमा बिहान ६ देखि साँझ ८ बजेसम्म विभिन्न सेवा प्रदान गरिन्छ । एक रोपनी जग्गामा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब ६० लाख रुपैयाँ लगानी भएको संचालक कुसुम गुरुङले जानकारी दिइन् ।
एक पटकमा ५० जनासम्मले सेवा लिन सक्ने यो फिटनेस सेन्टरको शुभारम्भका अवसरमा बोल्दै राष्ट्रिय भलिबल टिमकी सहायक क्याप्टेन मञ्जु गुरुङले स्वास्थ्यका लागि फिटनेस आवश्यक रहेको कुरामा जोड दिइन् ।