Successfully Copied

लेप्रोस्कोपिक सर्जरीको माग बढ्दो

नेपालमा यसको प्रयोग त्यति भएको छैन । अहिले धेरै मानिस सचेत हुन थालेकाले यसको लोकप्रियता बढ्दै गएको छ । यसको साइडइफेक्ट खासै छैन । कहिलेकाहीँ भने अप्रेसन गर्दागर्दै पिसाबथैली तथा आन्द्रामा घाउ हुन तथा प्वाल पर्न सक्छ । त्यसले गर्दा रक्तस्राव हुनसक्छ ।

लेप्रोस्कोपिक सर्जरीका बारेमा मिदात हस्पिटल, लगनखेलका   डा. विभूति शाहीसँग गरिएको छोटो कुराकानी :

 

लेप्रोस्कोपिक अपरेसन के हो ?

पेटमा ठूलो घाउ नबनाई नाइटोको तल तथा नाइटोको छेउछाउमा दुई–तीनवटा प्वाल बनाई औजार छिराएर गरिने उपचार विधिलाई लेप्रोस्कोपिक सर्जरी भनिन्छ । यसलाई दूरबिन शल्य चिकित्सा पनि भनिन्छ । यो अत्याधुनिक शल्य चिकित्सा पद्धति हो । यसमा पेटको अप्रेसन सानो घाउ बनाएर सम्पन्न गर्न सकिन्छ ।

यो किन गरिन्छ ?

पाठेघर निकाल्नुपर्ने अवस्था, पाठेघरको ट्युमर निकाल्ने तथा पाठेघरको डिम्बमा पानीको फोका भए नभएको थाहा पाउन लेप्रोस्कोपिक गरिन्छ । बाँझोपनमा पाठेघरको नली खुल्ला छ कि छैन हेर्न पनि यसको प्रयोग गर्न सकिन्छ । अहिले पत्थरी निकाल्न पनि यसको प्रयोग गरिन्छ ।

लेप्रोस्कोपिक किन उपयोगी छ ?

नेपालमा अहिले धेरै ठाउँमा यसको प्रयोग हुन थालेको छ । यसमा ठूलो घाउ हुँदैन । उमेर धेरै नभएको अवस्थामा यो विधि निकै उपयोगी छ । सौन्दर्यका हिसाबले पनि चिरेको दाग बस्दैन । पीडा तथा रक्तस्राव पनि कम हुन्छ ।

लेप्रोस्कोपिक गरेपछि कुन कुरामा ध्यान दिनुपर्छ ?

अरू अप्रेसन गरेजस्तो यो अप्रेसन गरेपछि धेरै दिन आराम गरेर बस्नुपर्ने आवश्यकता रहँदैन । बढीमा १ हप्ता आराम गरे पुग्छ । भारी काम गर्ने अथवा गह्रौं सामान उठाउने काम भने डेढ महिनासम्म गर्नुहुँदैन । सामान्य खाना खान सकिन्छ ।

यसको साइटइफेक्ट कत्तिको छ ?

नेपालमा यसको प्रयोग त्यति भएको छैन । अहिले धेरै मानिस सचेत हुन थालेकाले यसको लोकप्रियता बढ्दै गएको छ । यसको साइडइफेक्ट खासै छैन । कहिलेकाहीँ भने अप्रेसन गर्दागर्दै पिसाबथैली तथा आन्द्रामा घाउ हुन तथा प्वाल पर्न सक्छ । त्यसले गर्दा रक्तस्राव हुनसक्छ ।

 Image