Successfully Copied

वाटरप्रुफ सौन्दर्य प्रसाधन

पहिरन, सवारी साधन वा आवश्यक अन्य सामग्रीमा पैसा बढी परे पनि दीर्घकालीन होस् भन्ने चाहना उपभोक्ताको हुन्छ । सौन्दर्य क्षेत्रमा समेत यही सिद्धान्त लागू हुन थालेको छ । त्यसैले पनि अहिले लङलास्टिङ मेकअपको क्रेज बढेको छ । लामो समय टिक्ने, पानी र

स्थायीले दिगो भन्ने जनाउँछ । दीर्घकालीन वस्तुतर्फ सबैको आकर्षण हुन्छ । हरेकले बलिया र टिकाउ वस्तु नै प्रयोग गर्न चाहन्छन् । त्यसैले अहिले मानिसहरू लङलास्टिङमै भर पर्न तथा इन्जोय गर्न थालेका छन् । मानवीय जीवनका लागि आवश्यक विविध वस्तुमा बलिया, टिकाउ र भरपर्दा सामग्री नै चल्न थालेका छन् । अहिले हरेक कुरामा सुनिश्चितता खोजिन्छ । पहिरन, सवारी साधन वा आवश्यक अन्य सामग्रीमा पैसा बढी परे पनि दीर्घकालीन होस् भन्ने चाहना उपभोक्ताको हुन्छ । सौन्दर्य क्षेत्रमा समेत यही सिद्धान्त लागू हुन थालेको छ । त्यसैले पनि अहिले लङलास्टिङ मेकअपको क्रेज बढेको छ । लामो समय टिक्ने, पानी र पसिनाले नबगाउने, नबिगार्ने अनि स्विमरका लागि समेत उपयुक्त सौन्दर्य प्रसाधन नै वाटरपु्रफ सौन्दर्य प्रसाधन हुन् ।

हाल नेपाली बजारमा ल्याक्मे, स्पावेक, कलरएसेन्स, रिमेल, रिजभोल, लोटस, एनवाइके, आइटी कस्मेटिक्स, ल्यानकोम, लोरियल पेरिस, कार्गो कस्मेटिक, मेबिलिन आदिका मल्टिनेसलन ब्रान्डेड वाटरप्रुफ सौन्दर्य प्रसाधन उपलब्ध छन् । यस्ता प्रसाधनले विश्व बजार ढाकेको त्यति लामो समय भएको छैन तथापि यो सबैमाझ लोकप्रिय हुन सफल भैसकेको छ ।

लङलास्टिङ तथा पानी पसिना रेसिस्टेन्ट नै यसका विशेषता हुन्–ल्याक्मेकी नेपाल प्रमुख रजनी श्रेष्ठ भन्छिन्–यी प्रसाधन अहिले संसारभरका युवतीहरूका लागि प्रिय छन् । त्यसका अतिरिक्त विश्वभर प्रोफेसनल महिलाहरूको संख्या क्रमश: वृद्धि हुँदै गएको अवस्थामा यो प्रसाधन ती महिलाहरूले बढी रुचाएका छन् जो बिहान १० बजे अफिस पुगेर साँझ ५ बजे घर फर्कन्छन्, किनभने उनीहरू लामो समयसम्म टिक्ने मेकअपलाई प्राथमिकता दिन्छन् ।

जापनिज ब्रान्ड स्पावेकका राजु बजिकोका अनुसार वाटरपु्रफ सौन्दर्य प्रसाधन भनेका वर्षामा शरीर जोगाउन वर्षादी ओढेसरह हुन् जसले छालालाई सुरक्षित राख्नुका साथै सुन्दरतालाई लामो समय टिकाउन सहयोग पुर्‍याउँछन् । राजुका अनुुसार वाटरपु्रफ सौन्दर्य प्रसाधनको जति गुण छ यसबाट त्यति नै सजग हुन जरुरी छ । कारण यस्ता प्रसाधन बाक्लो र दरिलो हुने हुँदा यसले पसिना बग्न दिँदैन । अर्को महत्वपूर्ण कुरा यसलाई राम्रोसँग मेकअप रिमुभर वा क्लिन्जरले सफा गरिएन भने स्किन बिग्रने डर हुन्छ ।

कलर कस्मेटिक्सका प्रबन्ध निर्देशक नरोत्तम डंगोल भन्छन्–अहिले युवतीहरू विशेषत: यस्ता प्रसाधनमा आकर्षित देखिन्छन् । हरेक समय सक्रिय रहनुपर्ने भएकाले उनीहरूसँग मेकअप गरेर बस्ने फुर्सद पनि हुँदैन । अर्को कुरा विवाहको मेकअपमा पनि वाटरपु्रफ सौन्दर्य प्रसाधन प्रयोग गर्ने चलन बढेको छ । जग्गेमा लामो समय बस्नुपर्ने र गर्मी मौसम छ भने त निथु्रक्कै पसिनाले भिजिने भएकाले प्राय: वेडिङ पार्टी तथा दुलही मेकअपमा वाटरपु्रफ प्रसाधन नै छनोटमा पर्छन् ।

एसएम इन्टरप्राइजेजका कन्ट्री म्यानेजर रमेश उप्रेतीका अनुसार भारतीय ब्रान्ड कलरएसेन्सले शतप्रतिशत वाटरपु्रफ सौन्दर्य प्रसाधन उपलब्ध गराउँछ । कलर एसेन्सका जेल आइलाइनर, वाटरपु्रफ लिपिस्टिक र मस्कारा, फाउन्डेसन, एचडी मेकअप बेस, लुज पाउडर, एचडी आइ डिफाइनर आदि वाटरपु्रफ प्रसाधन नेपाली बजारमा उपलब्ध छन् । कलरएसेन्सका बढी बिक्री हुने प्रसाधन पनि यिनै हुन् । उप्रेती भन्छन्–कलर एसेन्सका ५० प्रतिशतभन्दा बढी प्रसाधन वाटरपु्रफ छन् जसले बजारमा राम्रो छाप छोड्न सफल छन् ।

गतवर्ष ब्रिलियर कस्मेटिक्स ब्रान्डलाई नेपाल भित्राएका हेमन्त शर्मा वाटरपु्रफ सौन्दर्य प्रसाधनलाई समयको मागका रूपमा लिन्छन् । यो समय मनोरञ्जन र ग्ल्यामरको भएकाले यस्ता क्षेत्रमा लाग्नेहरूको संख्या पनि वृद्धि हुँदै गएको छ । यस्ता क्षेत्रका सेलिब्रेटीहरू व्यस्त रहने र लामो समयसम्म स्टेज वा सुटिङमै समय बिताउने भएकाले वाटरपु्रफ सौन्दर्य प्रसाधनलाई आफ्नो रोजाइमा राख्ने हेमन्तले बताए । शर्मा भन्छन्–यस्ता व्यक्तिहरूका लागि वाटरपु्रफ मेकअप वरदान साबित हुन्छन् । हामीले विगतमा कति सेलिब्रेटीको मेकअप बिग्रिएर बिजोग भएको समेत नदेखेका होइनौं, तिनका लागि यो निकै उपयोगी र उपयुक्त छ ।

बेस्ट वाटरपु्रफ सौन्दर्य प्रसाधन

समुद्री लेउ, झार तथा विभिन्न सिविडबाट तयार पारिएको जापनिज ब्रान्ड स्पावेकको युभी कट सिल्क मिल्क नेपाली बजारमा उपलब्ध उत्तम वाटरपु्रफ सौन्दर्य प्रसाधनमध्ये एक हो । यो पूर्णरूपमा वाटर रेसिस्टेन्ट छ । स्वीमिङका लागि उपयुक्त मानिने यो प्रसाधनले पानीभित्रै रहँदा पनि कम्तीमा ३ घन्टा काम गर्छ । यो अन्य सनस्क्रिन लोसन वा क्रिमजस्तो क्रिमी फर्ममा छैन । यो पूर्णरूपमा मिल्की फर्ममा भएकाले लगाएर हल्का मसाज गर्दै जाँदा पाउडर फर्ममा परिणत भै सूर्यबाट आउने अल्ट्राभ्वाइलेट किरणबाट छालालाई जोगाउँछ ।  

 Image