Successfully Copied

सेलिब्रेटी फिटनेस एन्ड फेसन

हरेक दिन क्लिन्जिङ गर्ने सारा हप्ताको एकपटक मह र लेमनको प्याक लगाउँछिन् । समय–समयमा फेसियल गराइरहने सारा राम्रो ब्रान्डको मात्र मेकअप सामग्री प्रयोग गर्छिन् । साराको केशको रंग नेचुरल हो, उनमा केश कलर गर्ने रहर छैन, त्यही भएर घरमै मेहन्दी लगाएर हेयर ट्रिटमेन्ट

साराको राज

चलचित्र रुद्रबाट डेब्यु गरेकी नायिका सारा सिर्पाली अहिले आफ्नो तेस्रो चलचित्र सुश्री सम्पत्तिमा व्यस्त छिन् । आफूलाई भर्सटाइल नायिकाका रूपमा स्थापित गर्ने रहर बोकेकी सारा अभिनयका साथमा आफ्नो सौन्दर्य र फिटनेसप्रति उत्तिकै सचेत छिन् । उनी चलचित्र तथा फेसन शोहरूमा समेत सक्रिय रहँदै आएकी छिन् ।

फिट रहन

फिट एन्ड फाइन रहनुपर्छ भन्ने मान्यता राख्ने सारा देख्दा सुन्दर मात्र होइन मानसिक रूपमा पनि सुन्दर र ताजा रहन हरसम्भव प्रयास गर्छिन् । पहिले फिटनेस क्लब धाउने सारा अहिले घरमै एक्सरसाइज गर्छिन् । उनले घरमै हिट वर्क आउट तथा कार्डियो गर्नुका साथै ५ केजी वेट उचाल्छिन् । घरमै हप्ताको ४ पटक जिम गर्छिन् । फ्याट कन्ट्रोलका लागि उनी मासु र चिनी खान्नन् भने हरिया सागसब्जी बढीभन्दा बढी खान्छिन् । सारा ब्रेकफास्टमा ४ थरिका फलफूल मिसाएर तयार पारिएको स्मुदी रुचाउँछिन् ।

स्किन एन्ड हेयर केयर

हरेक दिन क्लिन्जिङ गर्ने सारा हप्ताको एकपटक मह र लेमनको प्याक लगाउँछिन् । समय–समयमा फेसियल गराइरहने सारा राम्रो ब्रान्डको मात्र मेकअप सामग्री प्रयोग गर्छिन् । साराको केशको रंग नेचुरल हो, उनमा केश कलर गर्ने रहर छैन, त्यही भएर घरमै मेहन्दी लगाएर हेयर ट्रिटमेन्ट गर्छिन् ।

पहिरन

सारालाई स्मार्ट क्याजुअल लुक्स मनपर्छ । ट्राउजर, जिन्स तथा स्कर्ट उनलाई मनपर्ने आउटफिट हुन् । इभेन्ट तथा ठाउँअनुसार कस्तो पहिरन लगाउने उनले पहिले नै योजना बनाइसकेकी हुन्छिन् । सारा प्राय: प्रोग्राम, पार्टी वा मिटिङमा जानुअघि आफ्नी स्टाइलिस्ट तथा फेसन डिजाइनर सुनीता श्रेष्ठसँग सल्लाह लिन्छिन् । उनलाई सबैभन्दा मन पर्ने पहिरन भने जिन्स पाइन्ट र जिन्स ज्याकेट नै हो साथमा जिन्स, ट्राउजरसँग ब्लाउज र ब्लेजर पनि मन पर्छ । आफूलाई सुहाउने र युनिक पहिरनमा सबैको नजरमा पर्नुपर्छ भन्ने उनको मान्यता छ ।

एसेसरिज

सिल्भर, ह्वाइट गोल्ड तथा फ्युजन ज्वेलरी मन पराउने सारा नेकको एसेसरिज लगाउन बढी रुचाउँछिन् । धेरैजसो मसला विड्सवाट एसेसरिज लिने सारासँग इयरिङको राम्रै कलेक्सन छ । बजारमा कुनै नयाँ राम्रो इयरिङ देखियो कि किनिहाल्ने उनको बानी छ ।

फुट वेयर

सुटिङमा बाहेक उनी कमै मात्र हिल लगाउँछिन् । फ्ल्याट जुत्ता बढी लगाउने साराका प्राय: सबै जुत्ता युकेबाट पठाइएका हुन् । हिलमा त्यति सहज महसुस नहुने भएकाले उनीसँग विभिन्न डिजाइनका फ्ल्याट जुत्ताहरू छन् ।

 Image