Successfully Copied

कथाकार बेहोसीको सेतो स्कार्फ

महिला साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’को नयाँ कथासंग्रह सार्वजनिक भएको छ । कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ नामक कथासंग्रह गतसाता मात्रै बजारमा आएको हो । उनको उक्त कथासंग्रह वरिष्ठ कवि/संस्कृतिविद् तुलसी दिवसले सार्वजनिक गरेका थिए ।

महिला साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’को नयाँ कथासंग्रह सार्वजनिक भएको छ । कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ नामक कथासंग्रह गतसाता मात्रै बजारमा आएको हो । उनको उक्त कथासंग्रह वरिष्ठ कवि/संस्कृतिविद् तुलसी दिवसले सार्वजनिक गरेका थिए । कथाकारले आफ्नो जन्मदिनको अवसर पारेर उक्त कृति सार्वजनिक गरेकी हुन् ।

कवि तुलसी दिवस बेहोसीको कथासंग्रह माति टिप्पणी गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथाहरुका त्यो कुरा रहेको उल्लेख गरेका थिए ।  

सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ आख्यानमा सविताले चालेका पाइलाहरुले साहित्य आकाशको उचाई मापन गरोस् भन्दै शुभकामना दिन पुगेका थिए ।

नारी हस्ताक्षर वरिष्ठ कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तृति रहेको बताउनुभयो । उल्लेख गरिन ।

कवि मोमिला जोशीले सविताको कथासंग्रहको समिक्षा गरेकी थिईन् । जोशीले कृतिमाथि समिक्षा गर्दै भनेकी छिन् ‘कृतिले आम मानिसहरुको जीवन बोलेको छ र कृतिकारको पनि जीवनलाई धेरथोर समेटेको छ । यस्ता सिर्जनाले मानिसहरुको मनलाइ छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ ।’

कथाकार सविताले  जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगतलाई समेट्ने प्रयास गरेको बताउनुभयो । उल्लेख गरिन ।

 Image