Successfully Copied

आहा क्या कुल

अहिले बजारमा गर्मी लक्षित थुप्रै किसिमका उत्पादन पाइन्छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका रेफ्रिजेरेटर, कुलर, एयर कन्डिसनर, भ्याकुम क्लिनर, एयर प्युरिफायर, आइसक्रिम मेकर आदि सामग्रीको बजार यतिबेला ह्वात्तै बढ्छ । यस्ता सामग्री हरेकका लागि निक्कै उपयोगी हुने र एकपटक खरिद गरेपछि वर्षौं टिक्ने भएकाले क्रेताहरूको

जीवनलाई फरक ढंगले चलाउन यो संसारमा थुप्रै यस्ता उपकरण उपलब्ध छन् जसले हाम्रो समग्र जीवनशैलीलाई नै परिवर्तन गर्न सघाउ पुर्‍याउँछन् । उहिले हाम्रा हजुरआमाहरू गर्मीमा चिसो पानी पिउन शीतल ठाउँको जमिनमा खाल्डो खनेर माटाको गाग्रा गा ड्थे अनि त्यसमा पानी भरी छोपिदिन्थे । लामो समयको अन्तरालपछि पानी चिसिँदै जान्थ्यो र पिउँदा स्वादिलो हुन्थ्यो । त्यति मात्र होइन हाते पंखा र होममेड सर्बतको जुग फेरिएको पनि धेरै भएको छैन ।

अहिले बजारमा गर्मी लक्षित थुप्रै किसिमका उत्पादन पाइन्छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका रेफ्रिजेरेटर, कुलर, एयर कन्डिसनर, भ्याकुम क्लिनर, एयर प्युरिफायर, आइसक्रिम मेकर आदि सामग्रीको बजार यतिबेला ह्वात्तै बढ्छ । यस्ता सामग्री हरेकका लागि निक्कै उपयोगी हुने र एकपटक खरिद गरेपछि वर्षौं टिक्ने भएकाले क्रेताहरूको संख्या बढ्दै गएको भाटभटेनी सुपरमार्केटका सेल्सम्यान सुरज बताउँछन् । उनका अनुुसार गर्मी लाग्ने क्रममै यस्ता सामग्रीका खरिदकर्ताहरू अफरको मेसो हेरिरहेका हुन्छन् । अहिले पनि बजारमा वासिङ मेसिनमा प्रयोग हुने सर्फ किन्दा लक्की ड्रमार्फत वासिङ मेसिन पर्ने अफर चालू छ ।

विशेषत: यस्ता विद्युतीय घरायसी उपकरणमा केही न केही अफर बार्‍है महिना चलिरहेको हुन्छ । एलजी लाइफ स्टायल सप्पीका ज्योति खतिवडाका अनुसार हिजोआजका क्रेताहरू सजग छन् । उनीहरू यस्ता होम अप्लाइन्सेस खरिद गर्दा विभिन्न अफर र उपहारमा आकर्षित हुन थालेका छन् । खतिवडा भन्छन्–एक तहको बजेट बनाइसकेपछि क्रेताहरू त्यसमा थप सुविधा खोज्छन् ।

गर्मीमा बढी बिक्री हुने भनेका फ्रिज र पंखा हुन् । अहिले आएर त्यसमा एयर कन्डिसनर पनि थपिन थालेको छ । यस्ता सामग्री लङ–लाइफ प्रयोग गर्नुपर्ने भएकाले राम्रो ब्रान्डमै जानुपर्ने ज्योति बताउँछन् । त्यसका अतिरिक्त सामानको गुणस्तर र प्रयोग गर्ने तरिकाका सम्बन्धमा जानकार र सचेत हुनुपर्ने पनि उनको सुझाव छ ।

फिलिप्स शोरुम ज्योति भवनमा पृथक् रंग तथा आकार प्रकारका होम अप्लाइन्सेस भित्रिएका छन् । फिलिप्सको आधिकारिक बिक्रेता ज्योति भवनकी अनिरा ज्योति भन्छिन्–यस्ता सामग्री छनोटमा महिलाहरूकै भूमिका हुन्छ । बढी मात्रामा महिलाहरूले चलाउने भएकाले उनीहरू आफूलाई मन पर्ने रंग, ब्रान्ड तथा सामग्रीमै जान्छन् । यसरी हेर्दा यी सामग्रीको पर्चेजिङमा महिलाहरूकै सहभागिता बढी छ ।

रेफ्रिजेरेटर

बोलीचालीको भाषामा फ्रिजका रूपमा परिचित रेफ्रिजेरेटर सबैको भान्साको अति प्रिय साथी हो । सहर–बजारमा अहिले फ्रिजविहीन भान्सा सायदै होलान् । ठूलो ठाउँ नओगट्ने र सहजै एक स्थानबाट अर्को स्थानमा सार्न मिल्ने भएकाले फ्रिज घर, फ्ल्याट वा कोठा भाडामा बस्नेहरूबीच समेत प्रिय हुँदै गएको हो । खाद्यान्न, तरकारी, डेरी प्रोडक्ट हुन् वा पाकिसकेका जुनसुकै खानेकुरा फ्रिजभित्र स्टोर गरेर राख्दा हप्तौंसम्म बिग्रिँदैनन् र खान लायक रहन्छन् । एलजी, सिजी, हायर, सोनी, सामसुङ, गोदरेज आदि कम्पनीका रेफ्रिजेरेटर नेपालीहरूले निक्कै रुचाएका छन् । रातो, कलेजी, ग्रे, ह्वाइट, लाइट ग्रिन, सिल्भर आदि कलरमा उपलब्ध यस्ता फ्रिजको मूल्य विद्युत् खपत तथा कन्ज्युम क्षमताका आधारमा निर्धारण गरिएको हुन्छ । समर सिजनमा आइस तयार पार्न, दही जमाउन, दूध चिस्याउन तथा कोल्ड–ड्रिंक्सलाई ठन्डा राख्न यसको प्रयोग हुन्छ । फ्रिज प्राय: फेमिली डिसिजनका आधारमा खरिद गरिने व्यवसायीहरू बताउँछन् ।

कुलर

नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका कुलर ९ हजार ९ सय ९१ देखि ३३ हजार ९ सय ९१ सम्म पर्ने खालका छन् । कुलरको काम चिसो र तातो दुवै हावा फाल्नु हो । गर्मीमा चिसो अनि जाडोमा तातो हावा फाल्ने खालका कुलर ग्राहकहरूले बढी मन पराएको पाइन्छ । त्यसो त चिसो हावा मात्र फाल्ने कुलर मूल्यका हिसाबले केही सुलभ हुने हुँदा राम्रो बिक्री–वितरणमा छन् । विभिन्न साइज, कलर तथा ब्रान्डका कुलर गर्मीका लागि निक्कै उपयोगी सामग्री हुन् । भिडियोकोन, पानासोनिक, एलजी, सिजी, इलेक्ट्रोन, भेगो, यासुदाजस्ता प्रचलित ब्रान्डले नेपाली बजारमा कुलर उपलब्ध गराइरहेका छन् ।

एयर कन्डिसनर

पछिल्लो समय नेपालीहरू निक्कै आकर्षित भएको घरेलु विद्युतीय उपकरणमध्ये एयर कन्डिसनर पनि एक हो । पहिले कर्पोरेट हाउस, अफिस तथा सरकारी कार्यालयमा देखिने एयर कन्डिसनर आज व्यक्तिगत घरका कोठाहरूमा समेत देख्न पाइन्छ । एयर कन्डिसनरको काम चिसो हावा फाली समग्र कोठालाई चिस्याउनु हो । गर्मी मौसममा अत्यन्त उपयोगी मानिने यो उपकरण अहिले आएर संभ्रान्त मात्र नभएर मिडिल क्लासले समेत प्रयोग गर्न थालेका छन् । पानासोनिक, हायर, सिजी, एलजी, टिएलसी, बाल्ट्रा, हिटाची, मित्सुबिसी, सामसुङ आदि ब्रान्डका एयर कन्डिसनर नेपाली बजारमा उपलब्ध छन् ।

एयर प्युरिफायर

यो नेपाल भित्रिएको पछिल्लो उपकरण हो । बिजुलीबाट चल्ने एयर प्युरिफायर कोठामा एकपटक फिट गरिसकेपछि लामो समयसम्म बिग्रने–भत्किने वा काम गर्न छोड्ने जस्तो समस्या हुँदैन । काठमाडौं जस्तो प्रदूषणयुक्त स्थानमा यो निक्कै आवश्यक र उपयोगी छ । यसले कोठाको अशुद्ध हावा अनि हाम्रो शरीरलगायत श्वासप्रश्वासमा क्षति पुर्‍याउने कार्बन तथा अन्य दूषित हावा सोसेर आफैसँग राख्छ भने अक्सिजन फ्लो गर्छ । बूढाबूढी तथा बालबालिकाका लागि त अत्यावश्यक भैहाल्यो जुनसुकै उमेर समूहका मानिसलाई पनि स्वच्छ श्वासप्रश्वासका लागि एयर प्युरिफायर उत्तम साबित हुन्छ । नेपालमा अहिले फिलिप्सका एयर प्युरिफायर बढी चल्तीमा छन् ।

आइसक्रिम मेकर

उहिले स्टार होटल तथा चलेका रेस्टुराँमा मात्र राखिने आइसक्रिम मेकर अहिले घर–घरमा देखिन थालेका छन् । हिजोआज आइसक्रिम कहिलेकाहीँ रहरले मात्र खाइने खाद्यपदार्थबाट माथि उठेर डेली डेजर्ट वा एपेटाइजरका रूपमा प्रयोग हुन थालेको छ । प्राय: मानिसहरू जाडो होस् वा गर्मी दुवै मौसममा आइसक्रिम खान रुचाउँछन् । यो गर्मीमा युवा–युवतीहरूको सबैभन्दा प्रिय खाद्य आइसक्रिम नै हो । घरमै आइसक्रिम तयार पार्ने चलन बढ्दै गएकाले आइसक्रिम मेकरको माग बढ्दो छ । फिनाम्याक तथा सियनविस्डम कम्पनीका आइसक्रिम मेकर अहिले चल्तीमा छन् ।

पंखा

पंखाले चिसो हावा फाल्छ यो नौलो कुरा होइन तर हिजोआज विभिन्न कोणबाट हावा फाल्नेदेखि लिएर रिमोटले चल्ने पंखासम्म उपलब्ध हुन थालेका छन् । सिलिङ, टेबल, स्ट्यान्ड गरी ठूला–साना विभिन्न आकार–प्रकारमा खरिद गर्न सकिने पंखा बिजुली कम खपत हुने, बिग्रिए निश्चित अवधिसम्मको वारेन्टीका साथै विभिन्न भेराइटिज तथा कलर च्वाइसका साथ बिक्रीमा राखिएका छन् । यसमा भएका सुविधाका कारण यी सामग्रीको भारी माग हुने व्यवसायीहरू बताउँछन् । पंखा विशेषत: तल्लो वर्गदेखि उपल्लो वर्गसम्मका हरेकका लागि प्रिय विद्युतीय सामग्री हो ।

रिचार्जेबल मिनी ह्यान्ड

 फ्यान

यो निक्कै सानो र चिटिक्क परेको हुन्छ । केही समय बिजुलीमा चार्ज गरेपछि जहाँ लिएर पनि हिँड्न मिल्ने रिचार्जेबल मिनी ह्यान्ड फ्यान ब्याट्रीबाट चल्छ । मूल्यका हिसाबले सुपथ र प्रयोग गर्न सहज भएकाले यो सामग्रीको माग अहिले निक्कै छ । यात्रा गर्दा होस् वा घरमै पनि बिजुली गएका बेला यो पंखा निक्कै उपयोगी छ । गर्मीमा यसका प्रयोगकर्ताहरू बढिरहेका छन् । अन्य फ्यानसरह शीतल हावा फाल्ने रिचार्जेबल मिनी ह्यान्ड फ्यान खासमा बालबालिकाहरूका लागि प्रयोग गरिन्छ भने यसका प्रौढ प्रयोगकर्ताहरू पनि कम छैनन् ।

भ्याकुम क्लिनर

गर्मीमा अघिपछिभन्दा बढी धूलो उड्छ । त्यसको प्रभाव घरभित्रका कोठाहरूमा पनि उत्तिकै पर्छ । यसर्थ जाडोको तुलनामा गर्मीमा भ्याकुम क्लिनर बढी प्रयोगमा आउनु अस्वाभाविक होइन । हायर, पानासोनिक, एलजी, सिजी, मित्सुविसी, सामसुङ आदि नेपालमा चलेका भ्याकुम क्लिनर ब्रान्ड हुन् । बिजुलीको सहायताले कुनाकाप्चाका स–साना धूलोका कणहरूसमेत सोसेर ल्याउने यो मेसिनले व्यस्त मानिसहरूलाई निट एन्ड क्लिन वातावरणमा बस्न त सघाउँछ नै त्यसका अतिरिक्त गृहिणीहरूलाई ढाड दुखाएर खरेटो वा कुचो लगाउनुपर्ने बाध्यताबाट समेत छुटकारा दिलाउँछ ।

 Image