Successfully Copied

मनिता देवकोटा, मिस नेपाल युनिभर्स

मिस नेपाल युनिभर्स भएपछि आफूमा जिम्मेवारी थपिएको महसुस गर्ने मनिता अब अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा लागेकी छिन् । मिस युनिभर्सको यसपटकको थिम कन्फिडेन्ट्ली ब्युटिफुल भएकाले मनिताले ग्ल्यामर र फिजिकमा विशेष ध्यान दिइरहेकी छिन् ।

१४ वर्षअघिदेखि अमेरिका बस्दै आएकी मनिता देवकोटाले मिस नेपाल–२०१८ मा मिस नेपाल युनिभर्सको उपाधि जितेकी छिन् । दुई महिनाअघि बिदा मनाउन नेपाल आएकी मनिता त्यही क्रममा मिस नेपालको अडिसनमा सहभागी हुँदै प्रतिस्पर्धाका लागि छनोट भइन् अनि ग्रान्ड फिनालेमा (मिस नेपाल युनिभर्सको उपाधि जितिन् ।

पब्लिक हेल्थमा स्नातक तहको अध्ययन पूरा गरेपछि एक वर्षको ग्याप गरेर विश्व भ्रमण गर्ने योजना उनले बनाएकी थिइन् । त्यसका लागि साथीहरूसहित भारतको हैदरावाद पुगेकी मनिता भारतसम्म आइसकेपछि आफ्नो देश पनि पुग्नुपर्छ भनेर काठमाडांैतर्फ लागिन् । अमेरिकामा बसे पनि आफ्नो देशका लागि केही गर्नुपर्छ भनेर उनले कलेजका साथीहरूको साथ लिएर एउटा सामाजिक अभियान चलाइरहेकी थिइन् ।

त्यसबाट संकलित रकमले पश्चिम नेपाल (वीरेन्द्रनगर) का चार जना बालिका छात्रवृत्तिमा अध्ययन पनि गरिरहेका छन् । त्यसको नेतृत्व मनिता स्वंयले गर्छिन् । उनी मिस नेपालमा जित्नका लागि भन्दा सिक्नका लागि आएकी हुन् । त्यसैले मलाई हारसँग एक प्रतिशत पनि डर थिएन ।

 Image