Successfully Copied

लुक एण्ड लर्न सेमिनार सम्पन्न

ललितपुर सानेपा स्थित क्लासिक भेन्युमा भएको सेमिनारमा चर्चित रसियन नेल आर्टिस्ट डिना उमारोभाले सहभागीहरुलाई नेल आर्टको डेमो देखाएकी थिइन् । उनी ब्लु स्काइ ब्राण्डको एसिया प्यासिफिक एम्बेसडर हुन् ।


ब्लू स्काइ ब्युटि सैलुन एण्ड एकेडेमीले आयोजना गरेको ‘लुक एण्ड लर्न’ शिर्षकमा एक दिने सेमिनार सम्पन्न भएको छ । ललितपुर सानेपा स्थित क्लासिक भेन्युमा भएको सेमिनारमा चर्चित रसियन नेल आर्टिस्ट डिना उमारोभाले सहभागीहरुलाई नेल आर्टको डेमो देखाएकी थिइन् । उनी ब्लु स्काइ ब्राण्डको एसिया प्यासिफिक एम्बेसडर हुन् ।
ब्लु स्काइ नङ सजावटमा प्रयोग हुने ब्राण्ड हो । यस ब्राण्डको प्रसाधनमा शरीरलाई असर गर्ने रसायनको प्रयोग गरिएको हुँदैन् । फट्टाजु फर्निचरले आयोजना गरेको सेमिनारमा ब्युटिसियनको सहभागिता रहेको थियो । यो सेमिनारको मुख्य उद्देश्य भनेको विश्वमै रहेको नेल सम्बन्धी ट्रेण्डलाई पछ्याउनुको साथै नेल आर्टका क्षेत्रमा अन्तर्राष्ट्रिय बजारसँग प्रतिपर्ष्धा गर्न सक्ने उत्कृष्ट नेल आर्टिस्ट उत्पादन गर्ने लक्ष्य रहेको थियो । विश्वमा ३ लाख ७० हजार प्रयोगकर्ताहरु भएको यो ब्राण्ड हालसम्म ६७ देशमा फैलिएको छ ।

 Image