Successfully Copied

मौलिक खानालाई फैलाउने सुनीता

११ वर्षअघि अमेरिका पुगेकी सुनीता नेपाली खानालाई एकदमै मिस गर्थिन् । ‘त्यो समयमा नेपाली मौलिक परिकारका रेसिपी च्यानलहरू कमै थिए ।’ उनी भन्छिन्, ‘युट्युबको ट्रेन्ड पनि त्यति थिएन । मजस्तै अरु पनि नेपाली खानालाई मिस गर्ने धेरै होलान् भन्ने लाग्यो ।’


‘चिया कसरी बनायौ’ घरमा आउने सबै पाहुनाहरुले सोध्ने प्रश्न यही थियो । सेफ सुनी नामक युट्युब च्यानल चलाउने सुनीता बराल भन्छिन्, ‘धेरैले रेसिपी सेयर गर न भन्नुहुन्थ्यो । एकदिन मैले सोचेंयसरी घरमा आउने हरेक पाहुनालाई रेसिपी सेयर गर्नुभन्दा युट्युबमा भिडियो बनाएर हालौं न ।’ उनको युट्युब च्यानलको पहिलो भिडियो ‘नेपाली चिया’ रेसिपीको थियो ।


११ वर्षअघि अमेरिका पुगेकी सुनीता नेपाली खानालाई एकदमै मिस गर्थिन् । ‘त्यो समयमा नेपाली मौलिक परिकारका रेसिपी च्यानलहरू कमै थिए ।’ उनी भन्छिन्, ‘युट्युबको ट्रेन्ड पनि त्यति थिएन । मजस्तै अरु पनि नेपाली खानालाई मिस गर्ने धेरै होलान् भन्ने लाग्यो ।’ विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरेर उनले सजिलो र नेपाली परम्परागत खानाहरूको रेसिपी बनाउन थालिन् । त्यतिमात्र होइन उनले आवश्यक सामग्री अंग्रेजीमा र कहाँ पाइन्छ भनेर स्टोरसमेत सेयर गरिदिन्थिन् । त्यसैले विदेशमा बस्ने नेपालीहरूलाई सामान किन्न सहज भएको उनी बताउँछिन् ।

तिहारको समय थियो । उनले सेलरोटीको भिडियो बनाएर युट्युबमा हालिन् । त्यो भिडियो ट्रेन्डिङमा नै पुग्यो । सब्सक्राइब पनि बढ्यो । उनी सुनाउँछिन्, ‘युट्युबको निरन्तर यात्राका लागि यो भिडियो मेरा लागि गेम चेन्जर नै भयो ।’ उनलेसबैले बनाउन सक्ने तरिकामा सेल रोटी बनाएकी थिइन् । उनले हरेक नेपाली चाडपर्वलाई लक्षित गरी भिडियो बनाउन थालिन् । त्यसले गर्दा विदेशमा बस्ने नेपालीहरूलाई कुन चाड कहिले आउँदैछ भन्ने कुरा थाहा हुन्थ्यो ।


उनले कतिपय रेसिपी आफै तयार पार्छिन् । कोदोको ढिँडो, लोकल कुखुराको झोल उनले नयाँ तरिकाले पकाउन सिकाउँछिन् । उनका हरेक रेसिपी एकदमै युनिक हुन्छन् । युट्युबबाट उनले धेरै साथी बनाएकी छिन् । सुरुमा उनले हप्तामा ४–५ वटा भिडियो हाल्थिन् । अहिले पढाइमा व्यस्त भएकीले युट्युबमा त्यति समय दिन सकेकी छैनन् । उनी भन्छिन्, ‘धेरैले राम्रो कमेन्ट गर्नुहुन्छ । रेसिपी मन पराइदिनुहुन्छ । नयाँ कन्सेप्टमा मीठो परिकारको रेसिपी लिएर चाँडै आउनेछु ।’

 Image