Successfully Copied

समर डाइट

गर्मी मौसममा तापक्रम बढ्नु तथा मौसम सुख्खा हुनुले आद्र्रता (ह्युमिडिटी) वृद्धि हुन्छ । यो मौसममा घरबाहिर निस्कदा धेरै पसिना आउने तथा स्वास्थ्यमा निर्जलन, छालामा संवेदनशीलता, भिटामिन एवं खनिज पदार्थको कमी आदि हुनसक्छ । त्यसैले यो मौसममा खानेकुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । गर्मीमा आफूलाई

हामीले दैनिक उपभोग गर्ने भोजनले हाम्रो शरीरमा नियमित रूपमा संचालन हुने विभिन्न क्रियाकलापमा सहयोग पुर्‍याइरहेको हुन्छ । भोजनबाट नै हामी दैनिक शारीरिक तथा मानसिक विकासका लागि तागत, वृद्धि विकासका लागि प्रोटिन एव. शरीर रक्षा गर्ने तत्व प्राप्त गर्छांै । भोजनले विभिन्न पौष्टिक तत्वमार्फत शरीरलाई सुपोषित गराइराख्छ । विभिन्न उमेर समूह, शारीरिक तथा मानसिक परिश्रम, विशेष शारीरिक

अवस्थामा भिन्नाभिन्नै पौष्टिक तत्वको आवश्यकता पर्छ ।

गर्मी मौसममा तापक्रम बढ्नु तथा मौसम सुख्खा हुनुले आद्र्रता (ह्युमिडिटी) वृद्धि हुन्छ । यो मौसममा घरबाहिर निस्कदा धेरै पसिना आउने तथा स्वास्थ्यमा निर्जलन, छालामा संवेदनशीलता, भिटामिन एवं खनिज पदार्थको कमी आदि हुनसक्छ । त्यसैले यो मौसममा खानेकुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । गर्मीमा आफूलाई स्वस्थ राख्ने किसिमको खानेकुरा खानुपर्छ । यस्तो खानेकुराले शरीरको तापक्रम घटाउनुका साथै आवश्यक शक्ति प्रदान गरी सुपोषित राख्न मद्दत पुर्‍याउँछ ।यसका लागि ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेड, २० देखि ३० प्रतिशत प्रोटिन, १० देखि १५ प्रतिशतचिल्लो पदार्थ र पर्याप्त मात्रामा पानी, हरियो सागसब्जी तथा फलफूल आफ्नो खानामा समावेश गर्नुुपर्छ । भात, रोटी, ढिँडो, आलु, पिँडालु तरुल आदि कार्बोहाइड्रेडयुक्त खानेकुरा खानुपर्छ । यसैगरी प्रोटिन पाइने दाल तथा गेडागुडी खानुपर्छ । चिल्लो खाद्य पदार्थका लागि गुलिया, चिल्ला तथा दुग्धजन्य पदार्थहरू खान सकिन्छ ।

महिला तथा बालबालिकाका लागि

-    विभिन्न किसिमका खानेकुरा उपभोग गरी खाद्यपदार्थमा विविधता ल्याउनुपर्छ ।

-    सफा तथा स्वच्छ पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

-    दही, लस्सी, मोही, जुस तथा दही आदिमा फलफूल काँक्रा, केरा, खरबुजा हालेर खान सकिन्छ । यसले खाना स्वादिलो हुनुका साथै पानीको मात्रा पनि पुर्‍याएर शरीरलाई शक्ति प्रदान गर्छ ।

-    यो मौसममा नरिवलको पानी पिउनु अत्यन्त लाभदायक हुन्छ । यसको सेवनले शरीरमा शीतल राख्नुका साथै महत्वपूर्ण खनिज पदार्थ पनि आपूर्ति हुन्छ ।

-    आलुबखडा, आरु, भुइँकटहर, आँप, नासपाती, केरा खरबुजा तथा अन्य फलफूल खानुपर्छ ।

-    मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा खानुपर्छ ।

-    यो मौसममा फलफूल पनि खान सकिन्छ । फलफूलमा डाइटरी, फाइबर, भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा अन्य खनिज पदार्थ जस्तो म्याग्नेसियम, पोटासियम, फस्फोरस आदि पाइन्छ ।

-    यतिबेला दैनिक एक मुठी ड्राइफुट्स (ओखर, बदाम, काजु ) पनि खान सकिन्छ ।

-    यो मौसममा पुदिना तथा कागती पानी पिउनु पनि लाभदायक हुन्छ ।

टिप्स

-    गर्मी मौसममा पिरा तथा अमिला खानेकुरा जिब्रोको स्वाद तथा रिफ्रेसका लागि खाइन्छ । यस्ता खानेकुराले बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाई शरीरमा तापक्रमको सन्तुलन कायम गर्छन् ।

-    अमिला (कागती वा अन्य फलफूलहरू) तथा पिरा (हरियो खुर्सानी) खानेकुराले हाम्रो शरीरलाई आवश्यक अन्य पौष्टिक तत्व पनि प्रदान गर्छन् ।

-    ताजा खाद्य स्रोतबाट प्राप्त अमिलो वा पिरो खानेकुराले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोग भए पोषणविद्सँग परामर्श गरेर मात्र खानु उपयुक्त हुन्छ ।

-    शरीरको तापक्रम ठीक राख्न पानी आवश्यक हुन्छ । यो मौसममा कति पानी पिउने भन्ने कुरा स्थानमा निर्भर रहन्छ । स्वस्थ मानिसले २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । बढी तापक्रम हुने र पसिना बढी आउने ठाउँमा भने ५ लिटरसम्म पानी पिउनु उपयुक्त हुन्छ ।

-    पानीको मात्रा कम गर्नुपर्ने बिरामीहरूले भने चिकित्सक तथा पोषणविद्हरूसँग सल्लाह लिनु पर्छ ।

 Image