Successfully Copied

पारिजात पुरस्कार सुनिताको माइत जाने बाटोलाई

नेपाली भाषा तथा साहित्य परिषद् हङकङले पारिजात स्मृति दिवसको अवसर पारेर प्रदान गर्ने पारिजात पुरस्कार यो वर्ष सुनिता गिरीको कविता संग्रह ‘माइत जाने बाटो’लाई प्रदान गरिएको छ । हङकङमा बसेर साहित्य सिर्जना तथा साहित्य सिर्जना गर्दै आएकी गिरीलाई २ हजार २ सय २२

नेपाली भाषा तथा साहित्य परिषद् हङकङले पारिजात स्मृति दिवसको अवसर पारेर प्रदान गर्ने पारिजात पुरस्कार यो वर्ष सुनिता गिरीको कविता संग्रह ‘माइत जाने बाटो’लाई प्रदान गरिएको छ । हङकङमा बसेर साहित्य सिर्जना तथा साहित्य सिर्जना गर्दै आएकी गिरीलाई २ हजार २ सय २२ डलर सहित ताम्रपत्रले सम्मान गरिएको हो ।

पुरस्कार वितरण समारोहमा निर्णायक सिर्जनशील साहित्य समाजका अध्यक्ष तथा कवि हाङयुग अज्ञातले प्राप्त भएका तीन कृतिमध्ये ‘माइत जाने बाटो’लाई उत्कृष्ठ ठहर गरिएको नतिजा सार्वजनिक गरेका थिए । उनका अनुसार पुरस्कारका लागि पूर्णिमा साहको कविता संग्रह ‘सपनाको क्षितिज’ र नरजीत राईको कविता संग्रह ‘मनोबिम्व’ पेश गरिएका थिए ।

फाउण्डेसनका सचिव अमोद राईले हङकङमा नेपाली भाषा तथा साहित्यको संरक्षण र सम्बर्धनका लागि विगत तीन वर्षदेखि नियमित पुरस्कार प्रदान गरिएको जानकारी गराएका थिए ।

 Image