Successfully Copied

यान्जी फुङ्नामको प्रतिभा

विश्वका टिनएजर तथा बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय प्रतियोगिता ‘फेस्टिभल मोडल एण्ड ट्यालेन्ट वल्र्ड २०१८’ का लागि नेपालका तर्फबाट यान्जी के.सी. र फुङ्नाम लिम्बुले सहभागिता जनाउने भएका छन् । सो प्रतिस्पर्धाका लागि उनीहरु यसै साता टर्कीको अन्तालिया प्रस्थान गरेका छन् ।

पाँच वर्षिया यान्जी के.सी. मर्निङ ग्लोरी इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको लिटिल च्याम्पस् २०१८ अन्तर्गतको मिनी लिटिल च्याम्पस् हुन् भने नौ वर्षिया फुङ्नाम लिम्बु लिटिल च्याम्प शीर्ष उपाधि विजेता हुन् । यान्जी सेन्ट जेभियर्समा कक्षा १ मा अध्ययनरत छिन् भने फुङनाम प्रिमियर इन्टरनेसनल स्कूलको कक्षा ४ की छात्रा हुन् । सो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुवै नेपाली प्रतिनिधिको वार्डरोब जिम्मेवारी अकल्प बुटिकले सम्हालेको छ ।

दुवै जनाको सहभागिताका लागि सो प्रतियोगिताको नेपालस्थित आधिकारिक फ्रान्चाइजी ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले व्यवस्थापन एवं संयोजन गरेको हो । फेस्टिभल मोडल एण्ड ट्यालेन्ट वल्र्ड विश्वका टिनएजर तथा बालबालिकालाई ग्लोबल स्टेजमा आफ्नो प्रतिभा, मोडलिङ खूबी तथा आ आफ्नो देशको कला संस्कृति प्रवद्र्धन गर्नुका साथै ग्लोबल फ्रेन्डशीप तथा आपसी समझदारी बढाउनमा योगदान पुर्‍याउनका लागि आयोजना हुँदै आएको कार्यक्रम हो । सो कार्यक्रमको २०१८को संस्करण टर्की स्थित अन्तालियामा यही अप्रिल २१ देखि २७ तारिखसम्म संचालन हुँदैछ ।  

 Image