Successfully Copied

वैशाख महिनाको राशिफल

घरमा कुनै धार्मिक काम सम्पन्न हुुनसक्छ । विभिन्न कुुराको किनमेल हुुनेछ । व्यक्तिगत खुुसीका लागि पनि केही खर्च होला । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखापरे पनि माया–प्रीति भने यथावतै रहनेछ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले खानपान एवं व्यायाममा ध्यान पुर्‍याउनुहोला

मेष

कुुनै कामविशेषले यात्रा हुुनसक्छ । सानोतिनो कामका लागि पनि निकै खट्नुुपर्नेछ । नोकरी वा कुुनै कामले टाढा भएका दम्पतीबीच भेटघाट हुुनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । कामको चापले धपेडी हुुनसक्छ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले खानपानका साथै व्यायाममा पनि ध्यानपुर्‍याउनुहोला । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।

वृष

सन्तान सुख प्राप्त हुुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कसैकसैका लागि विवाहको योग पनि छ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्ला । प्राय: सबै काम आफ्नै इच्छाबमोजिम सम्पन्न हुुनेछन् । कतैबाट आकस्मिक उपहार प्राप्त हुुनसक्छ ।

मिथुन

काम गर्ने जाँगर बढ्नुुका साथै मनमा भएको चिन्ता हटेर जानेछ । कुुनै काम वा घुुमघामका लागि यात्रा हुुनसक्छ । कसेकसैका लागि विवाहको योग छ भने कसैको नयाँ घर सर्ने योजना पूरा हुनसक्छ । कुुनै धार्मिक एवं माङ्गलिक कार्यमा संलग्न हुुनुुपर्ला । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । प्राय: सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुुनेछन् । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका जुुर्नेछ । दिदीबहिनीहरूबाट अपेक्षित सहयोग मिल्नेछ ।

 

कर्कट

बहुुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ । काम गर्दा आकस्मिक समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । आफ्नो खुुसीका लागि किनमेल हुुनसक्छ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । शैक्षिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले सफलता प्राप्त गर्नेछन् । कहिलेकाहीँ राम्रो गर्दागर्दै र राम्रो बोल्दाबोल्दै पनि अपजस आइलाग्नसक्छ ।

सिंह    

काममा सफलता मिल्दै जानेछ भने घरमा विभिन्न सरसामग्रीको जोहो हुुनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । आर्थिक पक्ष पनि सुुदृढ रहनेछ । काम गर्दा सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित सहयोग एवं सद््भाव मिल्नेछ । छोराछोरीले पनि आफ्नो सुुख–दुु:ख बुुझेर काम गर्नेछन् । अपेक्षाअनुुसार काम सम्पन्न हुुँदा मन प्रसन्न हुनेछ । विवाद हुुनसक्ने भएकाले बोली एवं व्यवहारमा संयम अपनाउनुुहोला ।

कन्या

 घरमा कुनै धार्मिक काम सम्पन्न हुुनसक्छ । विभिन्न कुुराको किनमेल हुुनेछ । व्यक्तिगत खुुसीका लागि पनि केही खर्च होला । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखापरे पनि माया–प्रीति भने यथावतै रहनेछ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुुनसक्ने भएकाले खानपान एवं व्यायाममा ध्यान पुर्‍याउनुुहोला । अनावश्यक चिन्ताले सताउन सक्ने भएकाले हरेक कुुरामा सकारात्मक रहनुुमै फाइदा हुन्छ ।

तुला    

कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । कतै घुुम्न जाने आकस्मिक योजना बन्न सक्छ । सबैले तपार्इंको काममा कुुनै न कुुनै माध्यमबाट सहयोग गर्नेछन् । आपूूmलाई मन लागेको कुुरा खरिद गर्न सकिन्छ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ । पेटका रोगीहरूलेआफ्नो स्वास्थ्य तथा खानपिनमा सजग रहनुुपर्ने बेला छ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ ।

वृश्चिक

काम गर्ने जाँगर बढ््नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउनसक्छ । आपूूmलाई मनमा लागेको काम गर्ने मौका जुुट्नेछ । गरेको काममा सफलता मिल्दै जानेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुुनेछ । कुुनै कुुरालाई लिएर श्रीमान्सँग खटपट पर्नसक्छ । पारिवारिक सुुखका निमित्त केही खर्च गर्नुपर्ला । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ ।

धनु

परिवारका सदस्यहरूसित भेटघाट हुुनेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुुट्टा तान्ने प्रयास गर्नसक्छन् । कसैसित धेरै घनिष्ट नभै आफ्नो गोप्यता कायम गर्नुुहोला । कहिलेकाहीँ राम्रो काम गर्दागर्दै पनि अनाहकमा अपजस आइलाग्न सक्छ । सकेसम्म नबोली आफ्नो काममा अडिग रहनुुमै फाइदा छ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले आफ्नो स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनुुहोला । कसैले केही भनिहाले पनि तुुरुन्तै प्रतिवाद नगर्ने र नरिसाउने व्यवहारले सम्भावित विवाद टार्नसक्छ ।

मकर

पारिवारिक सुुख मिल्नेछ । कुुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । काम गर्दा दोमनको भावना जागृत हुुनसक्छ । धैर्य धारण गर्दै एकचित्तमा रहने प्रयास गर्नुुहोला । दाम्पत्य जीवनमा वैचारिक मतभेद उत्पन्न हुुनसक्छ । एक–अर्काको मनोभावना बुुझेर काम गर्ने प्रयास गरे दुुवैलाई राम्रो हुनेछ । पारिवारिक भेटघाट हुुनुुका साथै इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

कुम्भ    

काममा सफलता मिल्दै जानेछ भने कुुनै कामको सिलसिलामा यात्रा गर्नुुपर्ने हुुनसक्छ । काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । साथीभाइसित भेटघाट गर्ने अवसर जुुट्नेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउनसक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । नवीन रोजगारीको सम्भावना पनि छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । कुुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

मीन    

योजनानुुसार सबै कार्य सफल हुुँदै जानेछन् । पारिवारिक सुख–समृद्धि वृद्धि हुनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । मान–सम्मान प्राप्त गर्ने अवसर जुट्नेछ । सबैले तपार्इंको सुुख–दुु:खको ख्याल गर्नेछन् । कतै घुुमघाम गर्न जाने अवसर मिल्नसक्छ । आर्थिक लाभ हुुनेछ । आपूूmले गरेको कामको प्रतिफल कस्तो हुुने होला ? भनेर मनमा जिज्ञासा उत्पन्न हुुनसक्छ । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुुहोला ।

 Image