वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।

त्रि.वि. शिक्षण अस्पतालमा आउँदो बैशाख १ गतेबाट जेष्ठ नागरिकको सहयोगार्थ ‘लोक कीर्ति जेष्ठ नागरिक कोष’बाट सहयोग कार्य हुने भएको छ । गत भदौ २७ गते देखि २९ गते सम्म ३ अस्पतालमा उपचार गर्न आउने बृद्धबृद्धाको उपाचारमा सहयोग पुर्याउने उद्धेश्यले चित्रकला प्रदर्शनी गरिसकेकी चित्रकार रचना मास्केले उक्त कोषको स्थापना गरि कार्यक्रम गर्न लागेकी हुन् ।
मास्केले प्रदर्शनीमा राखेर करिब ३ लाख १८ हजार हजार रकम संकल गरेकी थिई । सोही रकमबाट स्थापना भएको ‘लोक कीर्ति जेष्ठ नागरिक कोष’ले सहयोग गर्ने भएको हो ।
कोषले त्रि.वि.शिक्षण अस्पताल तथा नेपाल सरकारबाट संचालित गाउँपालिका, नगरपालिका, जिल्ला वा प्रदेशका अस्पतालहरुमा भर्ना भएका ७५ वर्ष वा ७५ वर्ष नाघेका असहाय वृद्ध वृद्धाहरु उपचारको लागि सहयोग गर्ने लक्ष्य राखेको मास्केको भनाई छ ।
कोषबाट अस्पतालको जेनेरल बेडमा भर्ना भई उपचारार्थ ७५ वषर््ा वा ७५ वर्ष उमेर नाघेका असाहाय बिरामीहरुले १० हजार सम्मको भर्ना अवधिको बेडचार्ज शुल्क रकम भुक्तानी पाउने भएका छन् ।