Successfully Copied

अफिस इन्टेरियर

रिसेप्सन पस्नेबित्तिकै सजिलै देखिने ठाउँमा हुनुपर्छ । रिसेप्सन डिजाइन गर्दा कार्यालयको मौलिकता झल्कने, इन्फरमेटिभ, सजिलो र फराकिलो हुनुपर्छ । रिसेप्सन ग्राहकहरूलाई बुझ्न, सोध्न सजिलो खालको हुनुपर्छ । कार्यालयको अर्काे महत्वपूर्ण विशेषता भनेको सम्मेलन कक्ष हो । उज्यालो, कोठाको आकार, लेआउट, कति जनाको सिटिङ

औसतमा हेर्ने हो भने धेरै मानिस घरभन्दा बढी समय काम गर्ने ठाउँमा बिताउँछन् । भाडाको होस् वा निजी, आफ्नो सोच र अनुभवले आफ्नो कार्यालयलाई इन्टेरियर डिजाइनद्वारा काम गर्न योग्य बनाउनुपर्छ । अफिसको लुकिङमा आकर्षक डिजाइन तथा कन्सेप्ट प्रस्तुत गर्नुपर्छ । केही उपायद्वारा आफ्नो कार्यालयलाई कार्यात्मक, उत्पादक, सकारात्मक एवं विशेष बनाउन सकिन्छ ।

विशेषता

हरेक कार्यालय मौलिक विशेषतामा आधारित हुन्छन् । त्यसैले हरेक कार्यालयलाई खास तरिकाले डिजाइन गर्नु आवश्यक छ । कर्मचारीलाई कुशल एवं प्रयोगशील बनाउन पनि यसको आवश्यकता पर्छ । कार्यालयमा कति मानिस काम गर्छन्, विभिन्न विभागमध्ये पनि माथिल्लो पदमा कति र कसरी क्याबिन प्लेसमेन्ट गर्ने, मध्य र तल्लो पदका लागि कस्तो किसिमको सिटिङ एरेन्जमेन्ट गर्ने आदि कुरामा ध्यान पुर्‍याउनुपर्छ । त्यसैगरी पर्याप्त मिटिङ रुम, वेटिङ एरिया, रेस्ट रुमको सुविधाका साथै इजी साइनबोर्ड आदि कुरा मध्यनजर गरी डिजाइनको खाका तयार पार्नु आवश्यक हुन्छ । अफिसको आन्तरिक डिजाइन कम्पनीको संस्कृतिलाई बढावा दिने खालको हुनुपर्छ ।

स्पेस म्यानेजमेन्ट (ठाउँ व्यवस्थापन)

स्पेसले सबै एरियालाई समेटेको पाइन्छ । जस्तै कर्मचारीहरूको संख्यामा फोकस गरी सोहीअनुसार सिटिङ प्लान गरिन्छ भने भिजिटर्स वेटिङ एरियाका लागि ठाउँ व्यवस्थापन गरी त्यहाँ कुर्सी, टेबुल, पत्रपत्रिका, टिभी, पानी, चिया–कफी आदिको व्यवस्था मिलाउनु पर्छ । यति भए कुर्नुपरे पनि भिजिटर्सलाई दिक्क लाग्दैन । जसले गर्दा ऊ अफिसप्रति सकारात्मक हुन्छ । वाकिङ कोरिडोर फराकिलो हुनुपर्छ । कर्मचारी र हाकिमबीच वा कर्मचारीहरूबीच अफिसियल मिटिङ रुमका लागि पर्याप्त कक्षका साथै प्रस्तुतिका लागि सही र उपयुक्त ठाउँ मिलाउनुपर्छ । इजी एक्सेसलाई ध्यानमा राखी कार्यालय  डिजाइन गर्दा प्रोपर, व्यवस्थित र प्रभावकारी थिम निस्कन्छ ।

फर्निचर  

आन्तरिक सजावटमा फर्निचरमा विशेष ध्यान पुर्‍याउनुपर्छ । मुख्यत: फर्निचर कोठाको कम्बिनेसनसँग मिल्दोजुल्दो हुनुपर्छ भने पूरा दिन एकै ठाउँमा बसेर काम गर्नुपर्ने हुनाले फर्निचरहरू सहज तथा आरामदायक हुनु जरुरी छ । अफिसियल फर्निचर उज्याला, स्लिम र सजिलो डिजाइनका हुनुपर्छ । हरेक दिन पटक–पटक ड्रयर खोल्ने–बन्द गर्ने गर्नुपर्ने हुन्छ त्यसैले बलियो खालका फर्निचर नै छान्नुपर्छ । साथमा इजी स्लाइडिङ आदि पनि जरुरी छ । यसबाहेक वर्किङ डेस्कहरू फराकिला, धेरै सरसामान अटाउने एवं स्तरीय हुनुपर्छ । स्पेसलाई मध्यनजर गरी फिलिङ स्टोरेजहरू बनाउन सकिन्छ । स्टोरेजहरू थोरै ठाउँमा धेरै सरसामान अटाउनसक्ने फराकिलो तथा आकर्षक हुनुपर्छ ।

लाइटिङ र कलर स्किम

कार्यालयमा धेरै मसिना काम पनि गर्नुपर्ने हुन्छ । मानिसहरूको आवतजावत पनि बढी हुने हुँदा कार्यालय उज्यालो तथा स्वच्छ हावाको आवागमन हुने खालको हुनुपर्छ । यसबाहेक सीएफएल र एलइडी स्मार्ट बल्बको प्रोपर प्लेसिङ गरी कार्यालयको आकर्षण वृद्धि गर्न सकिन्छ । यसैगरी बाहिरबाट देखिने ब्लिन्ड्सहरू राखी कार्यालय डिजाइन गर्न सकिन्छ । कार्यालयमा घरमा जस्तो धेरै कलरको प्रयोग हुँदैन । कार्यालयमा सीमित कुल कलर प्रयोग गर्नु उपयुक्त मानिन्छ । कार्यालयको पनि आफ्नो एउटा कलर थिम हुन्छ जसलाई एकदमै हलुका रूपमा प्रयोग गर्न सकिन्छ ।

रिसेप्सन र कन्फ्रेन्स रुम

कुनै पनि कार्यालयको मुटु त्यसको रिसेप्सनलाई मानिन्छ । यो जति आकर्षक भयो त्यति नै कार्यालयको शोभा बढ्छ । रिसेप्सन पस्नेबित्तिकै सजिलै देखिने ठाउँमा हुनुपर्छ । रिसेप्सन डिजाइन गर्दा कार्यालयको मौलिकता झल्कने, इन्फरमेटिभ, सजिलो र फराकिलो हुनुपर्छ । रिसेप्सन ग्राहकहरूलाई बुझ्न, सोध्न सजिलो खालको हुनुपर्छ । कार्यालयको अर्काे महत्वपूर्ण विशेषता भनेको सम्मेलन कक्ष हो । उज्यालो, कोठाको आकार, लेआउट, कति जनाको सिटिङ क्यापासिटी छ त्यसैअनुरूप बैठकको ठाउँ निर्धारण गरी डिजाइन गर्नुपर्छ । सम्मेलन कक्षमा प्रोजेक्टर तथा प्रोजेक्टर वालका लागि पहिले नै ठाउँ छुट्याउनु उपयुक्त हुन्छ ।

ब्रान्ड

कार्यालय कस्तो छ भन्ने कुरा त्यसको ब्रान्डले झल्काउँछ । कम्पनी कस्तो हो, कस्तो ब्रान्ड हो भन्ने कुरा कार पार्क, रिसेप्सन, खुल्ला क्षेत्र तथा भित्री कक्षहरूको इन्टेरियर डिजाइनले पनि देखाउँछ । त्यसैले ब्रान्ड तथा लोगोलाई पनि आफ्नै डिजाइन तथा थिममा लानु उचित हुन्छ । यसलाई कुनै प्रतीकात्मक रंगका माध्यबाट दर्शाउन सकिन्छ । ब्रान्डको त्यही सिम्बोललाई आन्तरिक डिजाइनमा कतै लोगो वा हाइलाइटरका रूपमा प्रयोग गर्न सकिन्छ ।

                                                              इन्टेरियर डिजाइनजर, बेला कासा

 Image