नाजिरको ‘गुलाबी लुक्स’
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ ।

स्पासम्बन्धी तालिम लिएपछि कस्ता स्थानमा रोजगारी पाइन्छ ?
स्पासम्बन्धी तालिम लिएपछि ठूला तारे होटल, रिसोर्ट तथा पानीजहाजका स्पामा रोजगारी पाइन्छ । सबै ४ तथा ५ तारे होटलमा ब्युटी सैलुन तथा स्पा राख्नुपर्ने भएकाले नेपालमा पनि स्पा थेरापिस्टको माग उच्च छ ।
महिलाका लागि यो तालिम कत्तिको सुरक्षित र उपयोगी छ ?
महिला तथा पुरुष दुवै यो तालिम लिएर आत्मनिर्भर हुन सक्छन् । हाम्रो स्पाले आफ्ना सम्पूर्ण विद्यार्थी तथा स्टाफहरूको सुरक्षाको ग्यारेन्टी गर्छ । हाम्रा ९५ प्रतिशत विद्यार्थी स्वदेश तथा विदेशका लक्जरी स्पाहरूमा कार्यरत छन् भने थुप्रैले स्पा खोलेर आफ्नै व्यवसाय संचालन गरेका छन् ।
यो तालिम कति अवधिको हुन्छ, शुल्क र भर्नाका मापदण्ड के–कस्ता छन् ?
तालिम अवधि ६ दिनको फुट मसाजदेखि ३ महिनाको डिप्लोमा तथा ६ महिनाको एड्भान्स डिप्लोमा कोर्स छन् । यी विषयहरू थाइल्यान्ड, अस्ट्रेलिया, साउथ इन्डिया, अमेरिका तथा स्विट्जरल्यान्डमा तालिम तथा अनुभव प्राप्त गरिआएका विज्ञहरूबाट अध्यापन गराइन्छ । अवधि तथा विषयअनुसार १० हजारदेखि १ लाख ५० हजारसम्म तालिम शुल्क लाग्छ । यो तालिम नेपाली तथा अंग्रेजी लेख्न–पढ्न आउने जोसुकैले लिन सक्छन् ।
तालिमपछिका फाइदा के–के छन् ?
सबैभन्दा महत्वपूर्ण कुरा सीप प्राप्त गरे दक्षजनशक्ति भइन्छ । स्पा थेरापिस्टको माग विश्वभर भएकाले रोजगारीको चिन्ता लिनुपर्दैन । सीटीईभीटीसँग सम्बन्धन प्राप्त तालिम भएकाले विदेश पढ्न जानेहरूलाई पार्ट टाइम जागिरमा सहयोग पुग्छ ।
कुन उमेर समूहका मानिसले यो तालिम लिँदा राम्रो हुन्छ ?
१८ वर्ष नाघेका जोसुकैले यो तालिम लिएर करियर बनाउन सक्छन् ।