Successfully Copied

चैत महिनाको राशिफल

जोस–जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । चिन्ता हट्नेछ । आर्थिक पक्ष सुुदृढ होला । यात्रा हुुनसक्छ । कसैकसैले विशेष कामले जिल्ला वा देशबाहिर जानुुपर्ला । नयाँ एवं पुराना साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । नयाँ काम गर्ने अवसर पनि प्राप्त होला

मेष

सुुख–समृद्धि बढ्नेछ । परिवारका सदस्यहरूसित रमाइलो समय बिताउने अवसर जुट्नेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । घरका केही सरसामग्री हेरफेर हुुनसक्छन् । आकस्मिक उपहार प्राप्त होला । जाँगरमा कमी आउनुका साथै रक्तचापको मात्रामा घटबढ हुुनेछ । सबै कार्य आफूले सोचेबमोजिम सम्पन्न हुनेछन् ।

वृष

 जोस–जाँगर बढ्नुका साथै चिन्ता हट्नेछ । घरमा विभिन्न सरसामान जोरिनेछ । सन्तान प्राप्तिको योग छ । मनको खुुसी बढ्नेछ भने सबै काम योजनानुुरूप सम्पन्न हुुँदै जानेछन् । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । विभिन्न संकायमा संलग्न व्यक्तिहरूले आ–आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्नेछन् । छोराछोरीको कामले खुसी प्रदान गर्नेछ ।   

मिथुन

 घरमा विभिन्न कुुराको जोहो हुुनेछ । पुुराना एवं नयाँ काममा सफलता हात पर्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछन् । पेट तथा आँखासम्बन्धी समस्या देखा पर्नसक्छ । साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । अनपेक्षित वादविवाद पनि होला । हँसिलो हुनु, नरिसाउनु, प्रतिवाद नगर्नु र कम बोल्नुु नै फाइदाजनक हुन्छ ।

कर्कट  

महिनाका सुुरुवाती दिन अनुकूल रहनेछन् । आफ्नो इच्छानुुसार कार्य गर्ने अवसर जुर्नेछ । व्यक्तिगत काममा सफलता  हात पर्नेछ । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ भने महिनाको उत्तराद्र्धमा काममा समस्या सिर्जना हुनसक्छ । धैर्य धारण, रिस नियन्त्रण एवं बोलीमा संयम नअपनाए विवाद निम्तिनेछ । प्रतिद्वन्द्वीहरूले जति नै रिस गरे पनि केही बिगार गर्नसक्ने छैनन् ।

सिंह

अपेक्षाअनुुरूप नै सफलता हात पर्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । छोराछोरीले पनि आफ्नो मनसाय बुुझेर कार्य गर्नेछन् । दाम्पत्य जीवनमा एक–अर्काप्रतिको माया एवं सद्भाव कायमै रहनेछ । कुुनै कामले  व्यस्त भइएला । विभिन्न सरसामान किनमेल गर्नुपर्ने हुनसक्छ । व्यक्तिगत काममा सफलता पाइनेछ ।

कन्या

 पारिवारिक सुख–समृद्धि बढ्नेछ । विभिन्न सरसामानको जोहो हुुनेछ । कुुनै कामले यात्रा गर्नुुपर्ला । रोजगारीको सिलसिलामा बसाइ सराइ हुुनसक्छ । वादविवादको सम्भावना पनि छ । हतारमा कुुनै पनि निर्णय नगर्नुुहोला । पेट दुुख्ने योग छ । परिवारमा कसैलाई सन्तान लाभ हुुनसक्छ ।

तुला

 अधूरा काम पूरा हुँदै जानेछन् । काम गर्दा विभिन्न माध्यमबाट सहयोग मिल्नेछ । मनमा नयाँ काम गर्ने विचार आउनसक्छ । कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त होला । मनमा भएको चिन्ता हट्नेछ भने शरीर पनि स्वस्थ रहनेछ । इच्छानुुसार सबै कार्य सम्पन्न हुुँदै जानेछन् ।

वृश्चिक

साथीभाइहरूसित रमाइलो जमघट हुुनेछ । चोटपटक लाग्ने सम्भावना छ । छोराछोरीको कुुरालाई लिएर श्रीमानसँग मतभेद हुुनसक्छ । छोराछोरीले अनाहकमा दुु:ख दिने प्रयास गर्नेछन् । आकस्मिक स्वास्थ्य समस्याले सताउला । प्रतिस्पर्धीहरूले दुु:ख दिने प्रयास गर्नेछन् । कसैसित धेरै घनिष्ट हुने प्रयास नगर्नुहोला । आफ्नो गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।

धनु

 काम गर्ने उत्साह एवं जाँगर बढ्नेछ । नयाँ काम गर्ने कुरा मनमा आउनसक्छ । पारिवारिक मेलमिलापमा वृद्धि हुनेछ । विभिन्न कुुराको जिम्मेवारी आइलाग्नसक्छ । इष्टमित्र एवं साथीभाइहरूसित भेटघाट गर्ने अवसर जुुट्नेछ । घरमा अतिथिको आवागमन भैरहला । सन्तानबाट सुुख–सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्रमा सफलता हात पर्नेछ । आफूले आँटेको काम सम्पन्न नहुुँदा केही छटपटी हुनसक्छ ।

मकर

 जोस–जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । चिन्ता हट्नेछ । आर्थिक पक्ष सुुदृढ होला । यात्रा हुुनसक्छ । कसैकसैले विशेष कामले जिल्ला वा देशबाहिर जानुुपर्ला । नयाँ एवं पुराना साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । नयाँ काम गर्ने अवसर पनि प्राप्त होला । सबै काम योजनाअनुुरूप  सम्पन्न गर्न पाउँदा मन प्रसन्न हुनेछ ।

 

कुम्भ

 व्यक्तिगत काममा सफलता हात पर्नेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । छोराछोरीबाट पनि सुुख एवं सन्तोष मिल्नेछ । पारिवारिक खुुसीका निम्ति केही खर्च हुुनसक्छ । विभिन्न कुुराको लाभ हुुनेछ । कामको चापले थकान बढ्नेछ । सबै काम आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । अनावश्यक खर्च हुने योग पनि छ ।

मीन

 इच्छानुुसार काम सम्पन्न हुुनेछन् । व्यक्तिगत काममा सफलता हात पर्नेछ । काम गर्दा अपजस आइलाग्नसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । श्रीमान्बाट सहयोग एवं सद््भाव प्राप्त होला । अनावश्यक वादविवाद हुुनसक्छ । सन्तान प्राप्तिको योग पनि छ ।

 Image