Successfully Copied

स्लिम देखिने विविध उपाय

जसको शरीरको माथिल्लो भाग ठूलो छ उनीहरूले डार्क सेडको भी नेकलाइन भएको टप लगाउन सक्छन् । तल्लो भाग बढी मोटो छ भने डार्क कलरको जिन्स तथा स्कर्ट उत्तम विकल्प हुनसक्छ ।

वार्डरोवमा परिवर्तन : आफ्नो वार्डरोवमा हेभी साडी, सलवार–कमिज, रेगुलर वेयरका लागि लाइट पहिरनका साथमा सेपवेयर पनि समावेश गर्नुपर्छ । यसबाहेक कलर सेलेक्सन पनि स्मार्ट तरिकाले गर्नुपर्छ । ब्ल्याक, नेवी ब्लु आदि डार्क कलरका पहिरनले स्लिम लुक प्रदान गर्छ । त्यसैले यस्ता पहिरनलाई आफ्नो वार्डरोवमा स्थान दिनुपर्छ । साँझ कुनै पार्टीमा जानु छ भने सेपवेयरले आफ्नो पेट लुकाई आफ्नो फेभरेट वान पिस लगाउन सकिन्छ ।

स्मार्ट टिक्स : जसको शरीरको माथिल्लो भाग ठूलो छ उनीहरूले डार्क सेडको भी नेकलाइन भएको टप लगाउन सक्छन् । तल्लो भाग बढी मोटो छ भने डार्क कलरको जिन्स तथा स्कर्ट उत्तम विकल्प हुनसक्छ ।

हेयर कट : सबैलाई उस्तै हेयर कट सुहाउँदैन । अत: हेयर कट अरूलाई हेरेर होइन आफ्नो फेस कटअनुसार गराउनुपर्छ । हेयर स्टाइल अनुहारको स्वरूपअनुसार भयो भने स्मार्ट तथा स्लिम देखिन सहयोग पुग्छ । स्लिम एवं जवान देखिन धेरै कल्र्स तथा बेवी हेयर कटबाट जोगिनुपर्छ ।

स्मार्ट ट्रिक्स : स्लिम देखिन स्ट्रेटनिङ पनि गर्न सकिन्छ ।

स्मार्ट मेकअप : मेकअपबाट पनि स्लिम लुक प्राप्त गर्न सकिन्छ । मेकअपका फरक सेड्स, टेक्निक तथा फरक–फरक प्रकारका मेकअप ब्रसको सहयोगबाट अनुहारलाई स्लिम लुक प्रदान गर्न सकिन्छ । अनुहार गोलो होस् वा चौकोर, मेकअपबाट त्यसलाई लङ अथवा ओवल सेप दिन सकिन्छ । यद्यपि यसका लागि दक्ष ब्युटिसियनबाट टिप्स लिनुपर्छ ।

हाइ हिल स्यान्डल : हाइ हिल फुटवेयरले पनि स्मार्ट लुक प्रदान गर्छ । यसका लागि हिँडाइ आत्मविश्वासपूर्ण हुनुपर्छ । साडी, चुँडिदार, स्कर्ट आदिका साथमा हाइ हिल्समा व्यक्तित्व स्मार्ट देखिन्छ । हाइ हिल्स प्रयोग गर्दा धेरै हदसम्म स्लिम देखिन सहयोग मिल्छ ।

स्मार्ट ट्रिक्स : स्लिम लुकका लागि वेज वा प्लेटफर्म हिलबाट टाढै रहनुपर्छ भने पेन्सिल हिललाई आफ्नो फुटवेयर कलेक्सनमा समावेश गर्नुपर्छ ।

हेभी ज्वेलरीको त्याग : पहिरनजस्तै हेभी ज्वेलरी लगाउँदा पनि प्लस साइज देखिने भएकाले हेभी ज्वेलरीको साटो लाइटवेट तथा सिंगल लेयर भएका ज्वेलरी छनोट गर्नुपर्छ ।

स्मार्ट ट्रिक्स : स्लिम देखिन धेरैवटा ज्वेलरीको साटो सिम्पल इयरिङ एवं लाइट नेकपिस उपयुक्त हुन्छ ।

रंगीचंगी पहिरन : स्लिम देखिने चाहना छ भने डबल सेड वा मल्टी कलर पहिरनको साटो सिंगल कलरको पहिरन लगाउनुपर्छ । साथीको पार्टीमा जानु छ भने डबल कलर वान पिसको साटो कालो, नीलो वा अन्य डार्क कलरको वान पिस छनोट गर्नुपर्छ ।

स्मार्ट ट्रिक्स : बडी फ्याट लुकाउन ब्ल्याक, ब्लुजस्ता डार्क कलरका पहिरन लगाउनुपर्छ ।

 Image