राजधानीमा ‘कल्पनम्र सत्यतात्’ शीर्षकमा ‘फेसन शो’ सम्पन्न भएको छ । शोमा नौ विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनलाई प्रदर्शन गरिएको थियो ।
शोमा ‘कृस्टलाइन’मा आधारित ‘द स्पार्कलिङ् सोयर’, ‘फेम फाटल’मा आधारित ‘डार्कनेस रिभ्याम्प’, अरोराको अवधारणमा ‘मिस्टिक इपिफानी’, ‘गिल्डेड ग्ल्यामर’को प्रस्तुतिमा ‘राजमटाज’, ‘किनसुकी आर्ट’मा आधारित ‘आर्टष्ट्रिी अफ एड्भर्सिटी’का पहिरन प्रस्तुत गरिएको थियो ।
काठमाडौं बाँसबारीस्थित ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’का स्नातक तह पुरा गरेका विद्यार्थीहरु उक्त फेसन सो सहमागी थिए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. यादवराज कोइरालाले कलेजको ‘फेसन क्याटलग’ को विमोचन गरेका थिए ।