टिनएजर पार्टी लुक्स
- मोडल : एन्जिला श्रेष्ठ
फाल्गुन २२, २०७४
टिनएजमा मेकअपविना पनि छाला सुन्दर तथा आकर्षक देखिन्छ । टिनएजरहरूले मेकअप गर्नुअघि मोइस्चराइजर लगाउनुपर्छ । छाला तैलीय छ भने जेल सनस्किन लगाउन सकिन्छ जसले पिम्पल आउन दिँदैन । एक्ने वा पिम्पल आउन थालेको छ भने क्लिन्जिङ (हर्बल) गर्न थाल्नु उपयुक्त हुन्छ । यो उमेरका किशोरीहरूले महिनाको एकपटक फ्रुट तथा हर्बल क्लिन्जिङ गराउन सक्छन् ।
टिनएजरहरूले हाइलाइटर मात्र प्रयोग गरी गालाको चिकबोन, फोर हेडको मिडिल भाग तथा नाकमा हाइलाइट गर्दा अनुहारमा चमक पैदा हुन्छ । यो उमेरकाहरू ओठमा ग्लस मात्र लगाउँदा अझ फ्रेस तथा आकर्षक देखिन्छन् ।
एन्जिलाको पहिरनसँग म्याच गराउन पिंक कलरको लिपग्लस लगाइएको छ जसले उनको अनुहारलाई अझ खुलाएको छ । पार्टी वा विशेष कार्यक्रमका लागि पहिरन एवं रुचिअनुसार रेड वा पिंक लिपिस्टिक लगाउन सकिन्छ ।
मेकअप तथा हेयर स्टाइल : संगीता प्रधान
कोहिनूर काया द स्पट, कुपन्डोल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्