Successfully Copied

एनिभर्सरी पार्टीका लागि मेकअप तथा हेयर स्टाइल

अचेल विवाह तथा पार्टीहरूका लागि केश कर्ली गर्ने चलन छ । कर्ली हेयरले ग्ल्यामरस लुक्स पनि दिन्छ । फेसको कट हेरेर केशको अगाडिको डिजाइन दिनुपर्ने हुन्छ । केश पातलो छ भने क्रिपिङ कर्ल गरेर बाक्लो देखाउन सकिन्छ । केश लामो छ भने अगाडि

अहिले पहिलेको तुलनामा पार्टीहरूको संख्या बढ्दैछ । पहिले विवाह, व्रतबन्ध आदिमा मात्र पार्टी आयोजित हुन्थे भने अहिले बर्थ डे पार्टी, एनिभर्सरी पार्टी, प्रमोसन पार्टी, ब्याचलर पार्टी, बेल विवाह पार्टी, गुफा पार्टी आदि अनेकन पार्टी हुन्छन् । हिजोआज एनिभर्सरी पार्टी गर्ने चलन पनि ह्वात्तै बढेको छ । एनिभर्सरी पार्टीका लागि पहिरन तथा मेकअपमा विवाहजत्तिकै ध्यान दिन थालिएको छ । एनिभर्सरी मेकअप ब्राइडलजस्तै लुक्समा हुन्छ । एनिभर्सरी भन्नेबित्तिकै हरेकले आफ्नो विवाहको दिन सम्झन्छन् । त्यसैले त्यही दिनको सम्झना दिलाउने किसिमले मेकअप गर्नुपर्छ ।

एनिभर्सरी मेकअपका लागि सबैभन्दा पहिले भिजेको टिस्युले पूरै अनुहार पुछ्ने । आफ्नो छाला कस्तो छ त्यहीअनुसार क्लिन्जिङ गरी मोइस्चराइजर लगाउने । मेकअप सुरु गर्नुअघि आइब्रो मिलेको छैन भने आइब्रो पाउडरले फेसको बनावटअनुसार आइब्रो सेप दिने । आइस्याडो लगाउनुअघि आइ प्राइमर लगाउने । यसले आइस्याडोलाई एकै ठाउँमा डिपोजिट हुन दिँदैन र राम्रोसँग ब्लेन्डिङ हुन्छ । आइमेकअप गर्दा उमेरमा ध्यान पुर्‍याउनुपर्छ ।

आफ्नो उमेर २० देखि २८ वर्षसम्मको हो भने आइब्रो सेप हेरेर हुक्रेक आइज, एसियन आइज, पफी आइज, एल्मोन्ड आइज, बिग आइज मेकअप गर्न सकिन्छ । आँखाको सेप थाहा भयो भने मेकअप गर्न पनि सजिलो हुन्छ । प्लस ५० का लागि जस्तो पायो त्यस्तो आइमेकअप सुहाउँदैन । त्यसैले यो उमेर समूहका महिलाले न्यूड आइमेकअपमा मिडिल एरियामा थोरै गोल्डेन टच गर्नु उपयुक्त हुन्छ । इनर कर्नरमा पातलो र आउट कर्नरमा हल्का मोटो गाजल लगाउँदा आकर्षक देखिन्छ । आँखा ठूलो छ भने तलमाथि नै गाजल लगाउन सकिन्छ तर सानो आँखामा भित्र मात्र गाजल लगाउँदा आँखा ठूलो देखिन्छ । आइमेकअपपछि पूरै अनुहारमा प्राइमर लगाउने ।

प्राइमर ठिक्क मात्र लगाउनुपर्छ । प्राइमर छालाको भित्र र बाहिरको भागको बीचमा एक लेयर भएर बस्छ । मेकअप बेस स्किन टोन फियर लगाउनुपर्छ । धेरै मिनरल भएको बेस लगाउनु हुँदैन । बेसलाई पग्लन नदिन ड्युल फिनिसिङ पाउडर लगाउने । ओभल सेपको अनुहारलाई सबैभन्दा राम्रो मानिन्छ । त्यसैले फेसको सेप हेरेर कन्टोरिङले सेप दिने र नमिलेको एरियामा कन्टोरिङले मिलाउने । ४५ देखि ५० वर्ष उमेर समूहका महिलाका लागि मेच्युयर स्किन लिफ्टिङ क्रिम उपलब्ध छ जसलाई बेस लगाउनुभन्दा अघि लगाउन सकिन्छ । यो क्रिमले स्किनको कुनै पनि भागको रिंकललाई ५–६ घन्टासम्म लुकाउँछ । त्यसपछि रोज वा ब्लन्जर लगाउने । मिडिल एज छ भने जलाइन पिंकेस बनाउँदा राम्रो देखिन्छ तर उमेर बढी भएकाहरूलाई पिंक राम्रो देखिँदैन । हिजोआज हाइलाइटिङ गर्ने चलन बढ्दो छ । जलाइन र फेसको कट हेरेर हाइलाइटिङ गर्नुपर्छ । एनिभर्सरी मेकअपमा रेड लिपिस्टिक नै उपयुक्त हुन्छ ।

हेयर स्टाइल

अचेल विवाह तथा पार्टीहरूका लागि केश कर्ली गर्ने चलन छ । कर्ली हेयरले ग्ल्यामरस लुक्स पनि दिन्छ । फेसको कट हेरेर केशको अगाडिको डिजाइन दिनुपर्ने हुन्छ । केश पातलो छ भने क्रिपिङ कर्ल गरेर बाक्लो देखाउन सकिन्छ । केश लामो छ भने अगाडि साइड पफ बनाएको राम्रो देखिन्छ । कालो केशमा सीधा सिउँदो उपयुक्त हुन्छ भने निधार ठूलो हुनेहरूका लागि अगाडिको केशलाई कुनै डिजाइन दिएर, हाफ निधार छोपेर सानो देखाउन सकिन्छ । त्यसरी कर्ली गरिएको केशमा साइड ल्याइएको जुरो सुहाउँछ । जुरो फाइन नभएर म्यासी टाइपको हुनुपर्छ । अहिले फाइन जुडोको फेसन छैन । यसरी कर्ली गरिएको केशलाई नेक भागमा जुरो बनाएर डेकोरेटेड फूलहरूले सजाउँदा हेयर स्टाइल राम्रो देखिन्छ । मेकअप र हेयरको राम्रो संयोजनले हरेक उमेरका महिलालाई उत्तिकै सुन्दर बनाउँछ ।

 Image