Successfully Copied

गर्मीका हेयर कट

लेयर्ड बब  केश हल्का छ भने यो हेयर कट गर्न सकिन्छ । यो कटमा केशको भोल्युम देखिन्छ । गोलो र ओभल अनुहारका लागि यो कट निकै सुहाउँछ ।

मौसम परिवर्तन हुनेबित्तिकै पहिरन शैलीदेखि मेकअप, हेयरकटसम्म सबैमा भिन्नता पाइन्छ । हेयर स्टाइलिस राज कुँवरका अनुसार प्रायः युवतीहरू गर्मीमा नयाँ–नयाँ हेयर कट गर्न रुचाउँछन् । जाडो मौसममा युवतीहरूले केश नै नकाट्ने उनी बताउँछन् । युवतीहरू गर्मी महिनामा आफ्नो केशमा नयाँ प्रयोग गर्न रुचाउँछन् । 

लेयर्ड बब 

केश हल्का छ भने यो हेयर कट गर्न सकिन्छ । यो कटमा केशको भोल्युम देखिन्छ । गोलो र ओभल अनुहारका लागि यो कट निकै सुहाउँछ । धेरैजसो सेलिब्रेटीहरूको यो कट देख्न सकिन्छ । यो कट वेस्टर्न ड्रेसका साथै फ्युजन पहिरनमा राम्रो देखिन्छ । 

मेसी बब 

यो कट हेभी केश हुनेहरूका लागि एकदमै राम्रो देखिन्छ । यो कट काटेपछि केशलाई बाँध्न आवश्यक हुँदैन । यस्तो कटमा सर्ट ड्रेस, ट्राउजर र जम्पसुट निकै खुल्छ । 

 

ग्रेजुएटेड बब 

यो कटले केशलाई बाक्लो देखाउँछ । यो कटको ट्रेन्ड धेरै समयदेखि चलेको छ । विशेषगरी टिनएर्जसमाझ यो कट लोकप्रिय छ । केश बाक्लो र अनुहार गोलो आकारको छ भने यो कट उत्तम हुन्छ । यो कटलाई मेन्टेन गर्न पनि सजिलो हुन्छ । 

पिक्सी हेयर 

छोटो केश मन पराउनेहरूका लागि यो कट निकै उपयोगी हुन्छ । यो कटमा पछाडि र साइडको केश छोटो र माथिको केश लामो हुन्छ । यो क्रप हेयर कटकै प्रकार हो । पिक्सी हेयर कटमा वेस्टर्न ड्रेस लगाउन सकिन्छ । 

ए सेप्ड ब्लन्ट 

सिल्की केशका लागि यो कट उपयुक्त हुन्छ । यो कटले एकदमै राम्रो देखाउँछ । यो हेयर स्टाइलले उमेर कम देखाउँछ । 

स्टेप 

सोल्डर लेन्थसम्मको लम्बाइ मन पराउनेहरूले यो कट गर्न सक्छन् । यो कटमा जुनसुकै पहिरन मिलाएर लगाउन सकिन्छ । यसले केशको भोल्युम देखाउँछ । 

हाई लो 

यो हेयर कट निकै ट्रेन्डमा छ । यो कटमा पछाडिको केश छोटो र अगाडिको केश थोरै लामो राखेर कर्भ गरिन्छ । 

अनुहारको सेपअनुसार 

आफ्नो अनुहारको सेपअनुसार हेयर कट गर्दा झनै राम्रो देखिन्छ । अरुलाई राम्रो देखियो भन्दैमा त्यही कट आफूलाई पनि सुहाउँछ भन्ने हुँदैन । त्यस्तै केश काट्दा केशको टेक्स्चरलाई पनि ध्यान दिनुपर्छ । 

ओभल सेप

यसमा अनुहार अण्डाकार हुन्छ । यो सबैभन्दा राम्रो सेप मानिन्छ । अण्डाकार सेप भएकाहरूलाई जुनसुकै हेयर कट सुहाउँछ । त्यसैले यो सेपको अनुहार हुनेहरूले केश कटिङमा नयाँ–नयाँ प्रयोग गर्न सक्छन् । सोल्डर लेन्थ वेव्स, साइड स्वेप्ट, ए लाइन लंग बब, फुल फ्रिज हेयर कट यो सेप भएकाहरूलाई निकै सुहाउँछ । 

गोलो अनुहार

अनुहारको चौडाइको भाग जति छ त्यति नै लामो पनि छ भने त्यसलाई गोलो अनुहार मानिन्छ । यो सेप भएको अनुहारलाई मोटो अनुहार पनि भनिन्छ । यस्तो सेप भएकाहरूले अनुहार पातलो र लाम्चो देखिने हेयर कट गर्नुपर्छ । गोलो अनुहार भएकाहरूलाई साइड पार्ट लेयर्ड, स्ट्रेट डिभाइन पार्ट, ग्रेजुएट बब, भल्युमिनस वेव्स, पिक्सी कट सुहाउँछ । 

स्क्वायर फेस

यो अनुहारमा निधार र चिउँडोको भाग एक समानको हुन्छ । यो अनुहार भएकाहरूले नयाँ–नयाँ हेयर कटको प्रयोग गर्नुहुँदैन । यस्तो अनुहारमा जुनसुकै कट सुहाउँदैन । स्लिक एन्ड स्ट्रेट, कलरबोन कट, लंग कर्ली ओमब्रे लेयर्स, एसिमिट्रिकल सुपर सट फ्रिज, स्यागी लेयर्ड लंग आदि कट यो अनुहारमा सुहाउँछ । 

हार्ट सेप 

निधारको चौडाइभन्दा चिउँडोको भाग सानो भएकाहरूलाई हार्ट सेपको अनुहार भनिन्छ । यो निधारको भागदेखि चिउँडोको भागसम्म आइपुग्दा सानो हुँदै जान्छ । यो सेप भएकाहरूले लुज वेव्स, डिप साइड स्वेप्ट फ्रिङ, फेस फ्रेमिङ, द लब, लंग पिक्सी हेयर कट काट्न सकिन्छ । 

लामो अनुहार

यो सेप ओभलसँग निकै मिल्छ । ओभल सेपभन्दा थोरै लाम्चो अनुहारलाई लामो अनुहार भनिन्छ । यस्तो सेपमा अनुहार चौडाइ देखिने खालको कट गर्नुपर्छ । चिन लेन्थ बक, मल्टी लेयर्ड, कर्टेन वेग्स, साइड पार्टेड स्यागी कटले अनुहारलाई चौडा देखाउँछ । 

डाइमन्ड सेप

यदि निधारको भागदेखि ज लाइनसम्मको भाग चौडा र चिउँडोको भागमात्र लामो भए यसलाई डाइमन्ड सेपको अनुहार भनिन्छ । यस्तो अनुहारमा भोल्युम देखिने कट निकै सुहाउँछ । यस्ता कटले चिकबोन्स निकै कम देखाउँछ । लंग स्लाइट वेव्स, वेव वन्डर, फेदर, डिप साइड स्वेप्ट वेग्स कट यो अनुहारका लागि राम्रो हुन्छ । 

 Image