Successfully Copied

फागुन महिनाको राशिफल

मौसमी स्वास्थ्य समस्या सिर्जना हुुनसक्छ । रक्तचापको समस्याले सताउला । कुुनै कुुराले तनाव सिर्जना गर्नसक्छ । काममा जाँगर लाग्ने छैन । मनमा नकारात्मक कुुराहरूको प्रभाव बढ्नेछ । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति खर्च हुुनसक्छ ।

मेष 

कामविशषले यात्रा हुुनसक्छ । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । काममा अपेक्षित सफलता हात पर्ला । कुुनै पद वा जिम्मेवारी सम्हाल्नुुपर्नेछ । समस्याहरू समाधानतर्फ अघि बढ्नेछन् । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । व्यावसायिक क्षेत्रमा सफलता हात लाग्नेछ । सबैले तपाईंको कार्यदक्षता एवं वाकपटुुताको प्रशंसा गर्नेछन् । 

 

वृष 

वैवाहिक कार्यक्रममा सहभागी हुुनुपर्ला । प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । प्राय: सबै कार्य आफ्नै चाहनाबमोजिम सम्पन्न हुुनेछन् । व्यक्तिगत काममा सफलता हात पर्नेछ । आर्थिक एवं व्यावसायिक पक्ष सुुदृढ रहनेछ । माइती–मावलीबाट पनि अपेक्षित सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ भने कसैसँग अनपेक्षित वादविवाद हुुनसक्छ । 

 

मिथुन 

सानातिना समस्या आइलागे पनि समाधान निस्कनेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुुुट्नसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुुनै कुुराको लाभ पनि हुुनेछ भने अनावश्यक खर्चको योगसमेत छ । आहारविहारमा ध्यान नपुुर्‍याए स्वास्थ्य समस्याले सताउनेछ । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । शेयर वा अन्य कुुनै कारोवारमा लगानी गर्दा विशेष सतर्कता अपनाउनुहोला । 

 

कर्कट 

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । भ्रमणको योग छ । आर्थिक लाभ हुुनेछ भने आकस्मिक उपहारसमेत प्राप्त हुुनसक्छ । दाम्पत्य जीवनमा समझदारी भए पनि जोडीको कुुनै कार्य चित्त नबुुझ्नसक्छ । व्यक्तिगत खुुसीका लागि खर्च होला । बसाइ सराइ हुनुका साथै कुुनै कुुराले मनमा द्विविधा उत्पन्न गर्नसक्छ । 

सिंह 

कामविशेषले यात्रा हुुनसक्छ । कुुनै कार्यक्रम वा समारोहमा सहभागी हुुनुपर्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुुनेछ भने दाजुुभाइको विवाहको योग पनि छ । खानपान एवं व्यायाममा ध्यान दिए स्वास्थ्य राम्रो रहला । बसाइ सराइका साथै इष्टमित्रमा कसैलाई सहयोग गर्नुपर्ने हुनसक्छ । कसैसित कुुरा गर्दागर्दै भनाभन हुनसक्ने भएकाले धैर्यपूर्वक व्यवहार गर्दै सहनशील भएर रिस नियन्त्रण गर्नुुहोला । 

कन्या 

जोस–जाँगर बढ््नुका साथै शरीर पनि स्वस्थ रहनेछ । चिन्ता हट्नेछ । कुुनै नयाँ काम गर्ने इच्छा जागृत हुुनसक्छ । प्रतिस्पर्धीहरूमाथि जित हात पर्ला । विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । आकस्मिक उपहार पनि पाइनेछ । प्राय: सबै कार्य आफ्नै इच्छाबमोजिम सम्पन्न हुुँदै जानेछन् । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता हात पर्नेछ । 

तुला 

मान्यजनसँग भेटघाट हुनेछ भने छोराछोरीको खुुसीका लागि खर्च हुुनसक्छ । चोटपटक लाग्ने सम्भावना छ । परिवारमा कुुनै कुुरालाई लिएर बहस हुुनसक्छ । जीवनसाथीले गरेको काम–कुुरामा चित्त नबुुझ्नसक्छ । धीर एवं सहनशील भै काम गर्नसके विवाद टरेर जानेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ । यात्रा गर्दा मालसामान हराउने सम्भावना छ । 

वृश्चिक 

विभिन्न जिम्मेवारीको काम सम्हाल्नुुपर्नेछ । परिवारमा बहस चल्नसक्छ । व्यावहारिक कार्य गर्दा सतर्क रहनुुपर्नेछ । दाम्पत्य सम्बन्धमा खटपट उत्पन्न हुनसक्छ । रिसलाई दबाएर धैर्यपूूर्वक काम गरे सफलता हात पर्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुुनसक्छ । मनमा नयाँ काम गर्ने विचार उत्पन्न होला । साथीभाइहरूसँगको जमघटमा  रमाउन पाइनेछ । 

धनु 

चिन्ता हटेर मन हलुुका हुुनेछ । जोस–जाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहनेछ । घुुमघाम गर्ने अवसर जुट्ला । कसैकसैले कुुनै कामविशेषले यात्रा गर्नुुपर्ला । नयाँ रोजगारीको सम्भावनासमेत छ । परिवारका सदस्यहरूले सुुख–दु:खको ख्याल गर्दै काममा साथ दिनेछन् । आफ्नो काम एवं बोलीको प्रशंसा हुनेछ । अपेक्षाअनुुरूप काम सम्पन्न गर्न पाउँदा हर्ष बढ्नेछ । 

मकर 

मौसमी स्वास्थ्य समस्या सिर्जना हुुनसक्छ । रक्तचापको समस्याले सताउला । कुुनै कुुराले तनाव सिर्जना गर्नसक्छ । काममा जाँगर लाग्ने छैन । मनमा नकारात्मक कुुराहरूको प्रभाव बढ्नेछ । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति खर्च हुुनसक्छ । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुुखमय रहनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । अनावश्यक खर्चको योग छ । 

कुम्भ 

व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । कामविशेषले यात्रा हुुनसक्छ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । छोटो समयमा धेरै काम भ्याउनुुपर्दा धपेडी हुुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । कसैको सहयोगको अपेक्षा नगर्नुु नै वेश हुुन्छ । काममा अपजस आइलाग्नसक्छ । मुुटुु एवं पेटका बिरामीहरूले खानपानमा सजग रहनुुपर्ने बेला छ । आकस्मिक उपहार पनि प्राप्त होला । 

 

मीन 

पारिवारिक सुुख–समृद्धि वृद्धि हुनेछ । काममा अपेक्षाअनुुरूप नै सफलता हात पर्नेछ । आफ्नो इच्छानुुसार खाने, लाउने एवं समय बिताउने अवसर जुट्नेछ । विभिन्न कुुराको लाभ होला । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । व्यक्तिगत कार्यमा सफलता पाइनेछ । दाम्पत्य जीवन सुुखमय रहने भए पनि कामको चापले गर्दा सामान्य मतभेद देखापर्नसक्छ । 

 Image