‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
आउटलेट : कमलादी चोक, काठमाडौं प्लाजा रोड
विशेषता : सौन्दर्यसम्बन्धी सेवाका लागि उत्कृष्ट गन्तव्य
छ महिनाअघि संचालनमा आएको अर्किड ब्युटी एकेडेमी एन्ड युनिसेक्स सलुनमा फेसियल, मेनिक्योर, पेडिक्योर, थ्रेडिङ, हेयर कलरिङ, ब्राइडल, पार्टी मेकअप आदिका साथै सौन्दर्यसम्बन्धी अन्य सेवासमेत प्रदान गरिन्छ ।
महिला तथा पुरुष दुवैका लागि खोलिएको अर्किडमा पुरुषहरू प्राय: हेयर कलर गर्न आउँछन् । सातामा सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने यो सलुनमा धेरैजसो ग्राहक हेयर कट, कलर तथा थ्रेडिङका लागि पुग्ने गरेका छन् ।