Successfully Copied

चिकेन सुप्रिम विथ मसरुम सस

कुखुराको छातीको भाग १ सय ८० ग्राम, गार्लिक चप १० ग्राम, मस्टर्ड पेस्ट ५ ग्राम, ओलिभ ओयल १ चिया चम्चा, ब्ल्याक पेपर २ ग्राम, क्रिम १ सय ग्राम, बटर १ चिया चम्चा, मैदा १ चम्चा, दूध १ सय मिलिलिटर, नुन स्वादअनुसार

सामग्री : कुखुराको छातीको भाग १ सय ८० ग्राम, गार्लिक चप १० ग्राम, मस्टर्ड पेस्ट ५ ग्राम, ओलिभ ओयल १ चिया चम्चा, ब्ल्याक पेपर २ ग्राम, क्रिम १ सय ग्राम, बटर १ चिया चम्चा, मैदा १ चम्चा, दूध १ सय मिलिलिटर, नुन स्वादअनुसार, ह्वाइट पेपर २ ग्राम, बेलिफ २ ग्राम, मसपोटाटो १ सय ग्राम तथा ह्वाइट वाइन ३० मिलिलिटर ।

विधि : कुखुराको छातीको भागलाई मेरिनेट गरी ग्रिल गर्ने । ससका लागि क्रिम, दूध, बटर तथा मैदा मिक्स गरी एकछिन चलाउँदै पकाएर रेडी गर्ने । ग्रिल चिकेन राखेर साइडमा क्रिम सस हाल्ने र चिकेनको साइडमा राखी सर्भ गर्ने ।

ब्रोकाउली क्रिम सुप

सामग्री : ब्रोकाउली १ सय ५० ग्राम, लसुन १ चिया चम्चा, बटर १ चिया चम्चा, नुन स्वादअनुसार, क्रिम ५० मिलिलिटर तथा क्रिम चीज २५ ग्राम ।

विधि : ब्रोकाउलीलाई उसिनेर मिक्सरमा ब्लेन्ड गर्ने । एउटा प्यानमा बटर तताएर गार्लिक चप सोथे गर्ने । त्यसमा ब्रोकाउली हालेर एकछिन पकाउने । सर्भ गर्दा बाउलमा क्रिम चीज बीचमा हाली सुप खन्याउने र त्यसमाथि क्रिम टप गरिदिने ।

 Image