Successfully Copied

कोरियन सौन्दर्य सेवा काठमाडौंमा

सौदर्य सेवामा बिश्वमै चर्चित दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छालासम्बन्धी बिभिन्न समस्याको सेवा तथा उपचार गर्ने उदेश्यका साथ नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो ।

सौन्दर्य सेवामा बिश्वमै चर्चित दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छालासम्बन्धी बिभिन्न समस्याको सेवा तथा उपचार गर्ने उदेश्यका साथ नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो ।

‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चाँया, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने कार्यक्रममा क्लिनीकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए । कोरियामा उत्पादन हुने सौन्दर्यका साधन र  प्रबिधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौदर्य प्रबिधी बिश्वका अन्य प्रबिधि भन्दा स्तरिय हुने बताइन् । आफुले पनि कोरिया ब्राण्डका सौन्दर्य सामाग्री प्रयोग गर्ने गरेको बताउँदै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने बताइन् ।

‘लेट मि इ’ चाउरियका छाला, चाँया लगायत समस्यको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो । ‘लेट मिले इ’ले थेरापीबाट सौदर्यको उपचार प्रबिधि समेत नेपाल भित्र्याएको छ ।

 Image