फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा ११ औं गोदावरी पुष्प प्रदर्शनी सम्पन्न भएको छ । मेलामा गोदावरी फूलका चार वटा जात समेटेर प्रतियोगितासमेत संचालन गरिएको थियो ।
नेपालका लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न एवं नेपाली फूलको बजार विस्तार गर्न सकियोस् भन्ने उद्देश्यले मेलाको आयोजित गरिएको एसोसिएसनले बताएको छ ।
मेलामा ४४ वटा व्यावसायिक स्टल, चार वटा अफिसियल स्टल तथा अर्को एउटा गरेर जम्मा ४९ वटा स्टल थिए । प्रदर्शनीमा फूल, बीउविजन तथा प्लास्टिकका गमला आदि समेत बिक्रीका लागि राखिएका थिए ।
प्रदर्शनीका क्रममा संचालित गोदावरी फूल प्रतियोगितामा सम्झना नर्सरी प्रथम, अरुण नर्सरी दोस्रो तथा एसआर नर्सरी तेस्रो भए ।