रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा ११ औं गोदावरी पुष्प प्रदर्शनी सम्पन्न भएको छ । मेलामा गोदावरी फूलका चार वटा जात समेटेर प्रतियोगितासमेत संचालन गरिएको थियो ।

नेपालका लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न एवं नेपाली फूलको बजार विस्तार गर्न सकियोस् भन्ने उद्देश्यले मेलाको आयोजित गरिएको एसोसिएसनले बताएको छ ।

मेलामा ४४ वटा व्यावसायिक स्टल, चार वटा अफिसियल स्टल तथा अर्को एउटा गरेर जम्मा ४९ वटा स्टल थिए । प्रदर्शनीमा फूल, बीउविजन तथा प्लास्टिकका गमला आदि समेत बिक्रीका लागि राखिएका थिए ।
प्रदर्शनीका क्रममा संचालित गोदावरी फूल प्रतियोगितामा सम्झना नर्सरी प्रथम, अरुण नर्सरी दोस्रो तथा एसआर नर्सरी तेस्रो भए ।


