Successfully Copied

केशको सुरक्षा एवं यससँग जोडिएका मिथ

हावापानी तथा खानपानका हिसाबले नेपाल र भारतका धेरै चीज मिल्दाजुल्दा भएकाले केशको प्रकृति पनि उस्तै देखिन्छ । मुख्यत: खानपानले केशको गुणस्तरसँग प्रत्यक्ष सरोकार राख्छ । नेपाली हेयर कालो रंगको, हल्का कर्ली तथा लामो छ ।

                                                - हेयर एक्सपर्ट

जावेद हबिबको तीन पुस्ताले यही व्यवसायमा समय खर्चिएको छ । करिब सय वर्ष लामो इतिहास बोकेको छ उनको पुस्ताले हेयर व्यवसायको क्षेत्रमा । जावेदले यसलाई अझ विस्तृत र फराकिलो बनाउन यसलाई शैक्षिक ज्ञानसँग जोडे । संसारभर केशको डाक्टर कहलिएका जावेद हबिब आफूलाई हेयर

म्याकडनल्सका रूपमा स्थापित गर्न चाहन्छन् । दुबई, भारत, नेपाललगायत विश्वका विभिन्न स्थानमा हेयर सलुन तथा एकेडेमी संचालन गरिरहेका हबिब केशसँग त्यसै खेल्न नसकिने र कम्तीमा पनि १ हजार घन्टाको प्रशिक्षणपछि मात्र केश काट्न र स्टाइल दिन सकिने बताउँछन् । हबिबले भारतमा मात्र १ लाख ५० हजार विद्यार्थी उत्पादन गरिसकेका छन् भने उनीसँग दैनिक १ सय ५० जनाको केश काट्ने क्षमता छ । हबिब हेयर योगा पुस्तकका लेखक पनि हुन् । १२ वर्षदेखि काठमाडौंको कमलादीस्थित काष्ठमण्डपमा

उनको हबिब्स हेयर एन्ड ब्युटी सलुन कम एकेडेमी फर म्यान एन्ड वुमन संचालनमा छ ।

नेपाली केशको प्रकृति कस्तो पाउनुभएको छ ?

हावापानी तथा खानपानका हिसाबले नेपाल र भारतका धेरै चीज मिल्दाजुल्दा भएकाले केशको प्रकृति पनि उस्तै देखिन्छ । मुख्यत: खानपानले केशको गुणस्तरसँग प्रत्यक्ष सरोकार राख्छ । नेपाली हेयर कालो रंगको, हल्का कर्ली तथा लामो छ ।

केशका सम्बन्धमा नेपालीहरू कत्तिको सचेत देख्नुभयो ?

यहाँ हेयर स्टाइल र कलरिङमा रिभोलुसन नै आएको छ जुन भारतमा छैन । यहाँ १० कक्षा पढ्ने १४ वर्षीय विद्यार्थीले पनि हेयर कलर गरेर स्टाइलिस्ट लुक्स अपनाएको पाएँ तर भारत अझै कलरिङ फ्रेन्डली छैन । त्यहाँ मानिसहरू घर–परिवार, आफन्त एवं इष्टमित्रले के भन्लान् भन्ने सोच्छन् । यसैले प्रस्ट्याउँछ, नेपालीहरूमा केशका सम्बन्धमा प्रशस्त चेतना आइसकेको छ ।

केशको सुरक्षा कसरी गर्ने ?

पहिले तेल लगाएर पाँचदेखि सात मिनेट राखिसकेपछि दैनिक राम्रो गुणस्तरको स्याम्पुले केश धुनुपर्छ । कन्डिसनर लगाउने हो भने जराबाट केही भाग छोडी लगाउँदा केश झर्दैन । तेल र स्याम्पु नै केशलाई सफा र स्वस्थ राख्ने प्रभावकारी उपाय हो ।

दैनिक नुहाउनु हुँदैन, ओयल मसाज जरामा गर्नुपर्छ भनिन्छ नि ?

कसले भन्यो दैनिक नुहाउनु हुँदैन भनेर ? जसरी हामी दिनको दुई–तीन पटक अनुहार धुन्छौं त्यसैगरी केशलाई पनि सफा राख्न दैनिक स्याम्पु गर्नुपर्छ । हाम्रो शरीरमा यति धेरै तेल छ कि जरामा तेल लगाउनै पर्दैन । नुहाउनुअघि जरामा होइन केश भएको भागदेखि टुप्पोसम्म मात्र तेल लगाउनुपर्छ ।

केशलाई चायाँ र सुख्खापनबाट कसरी जोगाउने ?

बिर्सिएर पनि तातोपानीले केश नुहाउनु हुँदैन । यसबाट केश झर्ने, चायाँ पर्नेजस्ता समस्या उत्पन्न हुन्छन् । जाडो मौसममा मनतातो तेल केशमा लगाएर ५ मिनेटको साटो १० मिनेट राख्न सकिन्छ । त्यति गरिसकेपछि केश पखाल्ने र घाम ताप्न बस्दा केशलाई टाबेलले छोप्ने । केशलाई जहिले पनि घाम–पानी तथा धूलो–धूवाँबाट जोगाउनुपर्छ ।

 

 Image