Successfully Copied

भेज हाका नुडल्स

क्याप्सिकन, प्याज, गाजर, बन्दा, मसिनो गरी काटिएको हरियो प्याज २ कप, लसुन आधा–आधा हुने गरी टुक्रा पारिएको १ चम्चा, टुसा उमारिएको गेडागुडी २ कप तथा हाका नुडल्स १ प्याकेट उमालेको ।

सामग्री : क्याप्सिकन, प्याज, गाजर, बन्दा, मसिनो गरी काटिएको हरियो प्याज २ कप, लसुन आधा–आधा हुने गरी टुक्रा पारिएको १ चम्चा, टुसा उमारिएको गेडागुडी २ कप तथा हाका नुडल्स १ प्याकेट उमालेको ।

 

सिजनिङका लागि : मरिच आधा चम्चा, चिनी आधा चम्चा, नुन स्वादअनुसार, सोया सस ३ चम्चा तथा तेल आवश्यकताअनुसार ।

विधि : प्यानमा १ चम्चा तेल तताएर लसुन भुट्ने । हरियो खुर्सानी र प्याज हालेर ३ मिनेटजति कडा आगोमा भुट्ने । बाँकी सबै भेजिटेबल्स, नुडल्स तथा सिजनिङका सामग्री मिसाएर ३–४ मिनेट फ्राई गरी तात्तातो सर्भ गर्ने ।

 Image