Successfully Copied

बालबालिकाहरू स्तनपानबाट वञ्चित

नेपालमा कुपोषणकै कारण ६ देखि २३ महिनाका करिब ६८ दशमलव ७ बालबालिकामा रक्तअल्पता देखिएको तथा प्रत्येक ४ मध्ये एक मोटोपनको शिकार हुने अनि दुई तिहाई बालबालिकामा कुपोषण भएको बताइन्छ । विश्व स्तनपान सप्ताह गत साउन १७ गतेदेखि २३ गतेसम्म ‘सबै मिली स्तनपानलाई दिगो

नेपालमा स्तनपानसम्बन्धी जनचेतनाको अभावमा थुप्रै बालबालिका स्तनपानबाट वञ्चित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘विश्व स्तनपान सप्ताह’ का अवसरमा गत महिना स्वास्थ्य सेवा विभागद्वारा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार स्तनपान नगराइएका कारण हाल विश्वमा ३ सय खर्ब रुपैयाँ आमाको दूधलाई प्रतिस्थापन गर्ने तत्वमा खर्च भैरहेको छ जसमध्ये सन् २०१४ मा यो खर्च ४५ खर्ब रहेकोमा सन् २०१९ सम्ममा उक्त संख्या बढेर ७२ अर्ब पुग्नसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।

नेपालमा कुपोषणकै कारण ६ देखि २३ महिनाका करिब ६८ दशमलव ७ बालबालिकामा रक्तअल्पता देखिएको तथा प्रत्येक ४ मध्ये एक मोटोपनको शिकार हुने अनि दुई तिहाई बालबालिकामा कुपोषण भएको बताइन्छ । विश्व स्तनपान सप्ताह गत साउन १७ गतेदेखि २३ गतेसम्म ‘सबै मिली स्तनपानलाई दिगो बनाआंै’ भन्ने नाराका साथ देशका ७५ वटै जिल्लामा सञ्चालन गरिएको थियो ।

 Image