दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
नेपालमा स्तनपानसम्बन्धी जनचेतनाको अभावमा थुप्रै बालबालिका स्तनपानबाट वञ्चित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘विश्व स्तनपान सप्ताह’ का अवसरमा गत महिना स्वास्थ्य सेवा विभागद्वारा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार स्तनपान नगराइएका कारण हाल विश्वमा ३ सय खर्ब रुपैयाँ आमाको दूधलाई प्रतिस्थापन गर्ने तत्वमा खर्च भैरहेको छ जसमध्ये सन् २०१४ मा यो खर्च ४५ खर्ब रहेकोमा सन् २०१९ सम्ममा उक्त संख्या बढेर ७२ अर्ब पुग्नसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
नेपालमा कुपोषणकै कारण ६ देखि २३ महिनाका करिब ६८ दशमलव ७ बालबालिकामा रक्तअल्पता देखिएको तथा प्रत्येक ४ मध्ये एक मोटोपनको शिकार हुने अनि दुई तिहाई बालबालिकामा कुपोषण भएको बताइन्छ । विश्व स्तनपान सप्ताह गत साउन १७ गतेदेखि २३ गतेसम्म ‘सबै मिली स्तनपानलाई दिगो बनाआंै’ भन्ने नाराका साथ देशका ७५ वटै जिल्लामा सञ्चालन गरिएको थियो ।