Successfully Copied

दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)

यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।


यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा दिने डिजिटल क्लिनिक हो । दाँतसम्बन्धी सम्पूर्ण उपचार एउटै थलोमा हुने भएकाले बिरामीलाई अन्य ठाउँ दौडिरहनुपर्ने झन्झट हुँदैन । कृत्रिम दाँत बनाउन, उपचार गर्न, प्रत्यारोपण गर्नका लागि यहाँ उन्नत उपकरण उपलब्ध छ । त्यससँगै यहाँको सेवा–सुविधा एकदमै छरितो छ । एक दिनमै सेवाग्राहीले नयाँ दाँत प्रत्यारोपण गरेर घर फर्कन सक्छन् ।


आफ्नो मुखमा के भइरहेको छ ? दाँतको अवस्था के छ ? सेवाग्राही स्वयंले अवलोकन गर्न सक्छन् । किनभने यहाँ इन्ट्राओरल स्क्यानरले सेवाग्राहीको दाँतको तस्बिर लिन्छ र यसले हरेक दाँतको नाप निकाल्छ । कतिपय सेवाग्राहीलाई उनीहरूको दाँतको स्थिति के छ भनेर बुझाउन कठिन हुन्छ । तर, स्क्यानरको सहयोगले उनीहरूलाई सबैकुरा बताउन सहज हुन्छ ।

स्क्यानरले लिएको तस्बिरलाई कम्प्युटरको सहयोगले साइज मिलाएर कृत्रिम दाँत बनाइन्छ । 



प्रत्यारोपण एक राम्रो विकल्प
सामान्यतया हामीलाई दाँत नभएको कल्पना गर्न पनि असहज हुन्छ । दाँतले अनुहारको बनावटलाई आकर्षक देखाउने मात्र होइन, पाचन प्रणालीका लागि महत्वपूर्ण भूमिका पनि खेल्छ ।
हामीले खाएको खानेकुरा पचाउने प्रक्रिया नै दाँतबाट सुरु हुन्छ । जब खाना नै पचाउन सकिएन भने स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । दाँत कति अपरिहार्य अंग हो भन्ने त यसले नै बुझाउँछ । अर्को दाँतले हामीलाई बोल्न पनि सजिलो बनाएको हुन्छ । दाँत भएन भने हाम्रो आत्मविश्वासमा पनि कमी आउँछ ।
कृत्रिम दाँत दुई किसिमका हुन्छन् । एउटा निकाल्न मिल्ने र अर्को निकाल्न नमिल्ने । निकाल्न नमिल्ने दाँत पनि दुई प्रकारका हुन्छन् । एउटा ब्रिज जसमा वरिपरिको दाँतको सहायतामा राखिन्छ र अर्को जरा नै रोपिन्छ यसलाई नै हामी इम्प्लान्ट भन्छौं।




दाँत प्रत्यारोपण कसरी गरिन्छ ?
यो दाँत निकाल्ने प्रक्रिया जस्तै छ । जसरी दाँत निकालिन्छ त्यसरी नै जरा रोपिन्छ । यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।यो प्रक्रियालाई इम्प्लान्ट भनिन्छ ।


कति समय लाग्छ ?
दाँत प्रत्यारोपण गर्दा एउटा दाँत राख्न ३० देखि ४५ मिनेटको शल्य प्रक्रिया हुन्छ । पूरै दाँत राख्न तीन–चार घण्टाको समय लाग्छ । तर प्रत्यारोपण गरिसकेपछि हड्डीसँग जोड्न छोड्नुपर्छ जुन तीनदेखि छ महिना लाग्छ । तल्लो हड्डीमा तीन र माथिल्लो हड्डीमा चारदेखि छ महिना लाग्छ । यो इन्ट्रिग्रेसन पिरियड हो ।

यसको साइड इफेक्ट हुन्छ ?
यो दाँत टाइटिनियम म्याटेरियलबाट बन्छ, जुन हाम्रो शरीरका लागि ‘बायोकम्याटेबल’ म्याटेरियल हो । यसले विदेशमा एलर्जी भएको देखिए पनि यहाँ भने अहिलेसम्म केही असर पारेको छैन । शल्यक्रियाका कारण केही जटिलता भने हुनसक्छ ।



प्रत्यारोपण गर्न कति खर्च लाग्छ ?
प्रत्यारोपण गर्दा लाग्ने खर्च बिरामीको हड्डीको गुणस्तर र मात्रा कस्तो छ त्यसमा भर पर्छ । हड्डी कमजोर भएको खण्डमा कृत्रिम बोन ग्राफ्ट थप्नुपर्ने हुन्छ । त्योसँगै दाँतको गुणस्तरले पनि यसको मूल्य फरक पर्न जान्छ । गुणस्तरीय दाँतका लागि एउटाको १ लाख रुपैयाँसम्म पर्न सक्छ ।



अन्य सेवाहरू
यहाँ दाँतको मात्र नभएर ओपिडीअन्तर्गत पनि बिरामीको सेवा दिइन्छ । प्रसूति एवं स्त्री रोग, मानसिक रोग, मुटुरोग, हाडजोर्नी तथा नशा रोग, बालरोग, फिजियोथेरापी, पोषणसम्बन्धी, छाला तथा सौन्दर्यलगायत सबै रोगको उपचार गरिन्छ । त्यससँगै यहाँ अत्याधुनिक ल्याब, फार्मेसीको सुविधा पनि छ । 
(डा. निकितासँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

 Image