दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।

कामकाजी महिलाहरू शारीरिक तथा मानसिक रूपमा एकदमै थकित हुन्छन् तसर्थ आफूले चाहेर पनि समय दिएर ट्रिटमेन्ट गराउने समय दिन सकिरहेका हुँदैनन् । दसैंं भन्नासाथ जोकोही घुमघाम गर्ने, राम्री देखिने तथा मीठो खाने धुनमा हुन्छन् । यस क्रममा कामकाजी महिलाहरूको थकान हटाउने एउटा राम्रो उपाय बडी स्पा पनि हो ।
स्पाले जोर्नी दुख्ने, मसल्स दुख्ने आदि समस्याबाट मुक्ति दिन्छ भने रक्तसञ्चार सुचारु बनाउँछ । जिउ दुखेको कम गर्न तथा तनाव घटाउन पनि बडी स्पा गराउनुपर्छ । यसका लागि ३० मिनेटदेखि बढीमा २ घन्टा भए पुग्छ । बडी स्पाको प्याकेजमा बडी स्क्रविङ, बडी मसाज तथा फेसियल पनि गराइन्छ । बडी स्पा धेरै किसिमका हुन्छन् । आयुर्वेदिक मसाज, डिप टिस्यु मसाज, थाइ मसाज, स्वीडिस मसाजलगायत हट स्टोन थेरापी, शिरोधारा आदि पेन रिलिफ तथा तनाव मुक्तिका लागि प्रयोग गरिन्छ ।
यसमा विभिन्न एरोमा तेल तथा आयुर्वेदिक तेल म्मिश्रण गरिन्छ । स्क्रबमा कफीको स्क्रब उपयुक्त हुन्छ । यसले छालाका छिद्रहरू खोलेर मुलायम, स्वस्थ एवं ताजापन महसुस गराउँछ । अहिले ठूला पार्लरहरूले पनि स्पाको सुविधा उपलब्ध गराउन थालेका छन् । व्यस्त जीवनबाट एकछिन आफ्ना लागि समय छुट्याएर स्पाको आनन्द लिनु शारीरिक एवं मानसिक दुवै दृष्टिले फाइदाजनक हुन्छ ।
- मेकअप आर्टिस्ट, बेटीफिक स्लिमिङ स्पा, बालुवाटार