Successfully Copied

१२ लाख महिला मतदाताले मात्रै मतदान गर्ने

नेपालमा तुलनात्मक रुपमा पुरुष भन्दा महिलाको संख्या बढी छ । तर, निर्वाचनमा भने १४ लाख ३० हजार ४९ जना पुरुषले सहभागीता जनाउँदा १२ लाख २४ हजार ८३७ महिलाले मात्रै सहभागीता जनाउँने भएका हुन् ।

प्रदेश नम्बर २ बाट १२ लाख बढी महिलाले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । तेस्रो चरणको निर्वाचन अन्र्तगत यहि असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनमा सहभागीता जनाउँने महिलाको संख्या १२ लाख बढी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर दुईका २६ लाख ६४ हजार ९५० जना मतदाता मध्ये संख्या १२ लाख २४ हजार ८३७ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ । कूल जनसंख्या मध्ये ५९ जना तेस्रो लिंगी र बाँकी पुरुष मतदाता रहेका छन् ।

नेपालमा तुलनात्मक रुपमा पुरुष भन्दा महिलाको संख्या बढी छ । तर, निर्वाचनमा भने १४ लाख ३० हजार ४९ जना पुरुषले सहभागीता जनाउँदा १२ लाख २४ हजार ८३७ महिलाले मात्रै सहभागीता जनाउँने भएका हुन् ।

निर्वाच आयोगका प्रवक्ता नवराज ढकालसँग महिला मतदाताको संख्या कम हुनुको कारणबारे बुझ्दा महिलासंग नागरिकता नहुनु र महिलाको जनसंख्या कम हुनसक्ने आशंका ब्यक्त गर्छन् ।

 Image