Successfully Copied

छोरी जन्माउँने दम्पतीका लागि पुरस्कार

कानूनमा स्पष्ट रुपमा भनेको छ लिङ्ग पहिचान गरि भु्रण हत्या गर्न पाईने छैन् । तर, लिङ्ग पहिचान पछि गर्भपतन गराउँने अर्को जमात छ । धेरै छोरीको लिङ्ग पहिचान पश्चात गर्भपतन गराउँने तथ्याङ्क बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

पछिल्लो समय अवैधानिक रुपमा भ्रुण हत्या गर्नेको संख्या निक्कै बढ्को छ । कानूनमा विशेष अवस्था बाहेक भ्रुण हत्या गर्न नपाउँने भनेको भएता पनि गैरकानूनी रुपमा भ्रुण हत्या गर्नेको संख्या ठूलो रहेको जानकारहरु बताउँछन् ।

अझ कानूनमा स्पष्ट रुपमा भनेको छ लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्न पाईने छैन् । तर, लिङ्ग पहिचान पछि गर्भपतन गराउँने अर्को जमात छ । धेरै छोरीको लिङ्ग पहिचान पश्चात गर्भपतन गराउँने तथ्याङ्क बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

यहि तथ्याङ्क र यथार्थलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई तीन हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने भएको छ ।

महानगरका मेयर भीम पराजुलीका अनुसार ‘छोरी बचाउ अभियान’लाई प्राथमिकतामा राख्दै विराटनगर महानगरको पहिलो नगर परिषदले पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई तीन हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

 Image