Successfully Copied

मलाई कोफ्ता करी

प्याजलाई रातो हुने गरी फ्राई गरेर लसुन, अदुवा एवं गोलभेंडा हाल्ने । तेल निस्किने गरी भुटेर अन्य मसला हाली ग्रेवी तयार गर्ने । त्यसमा फ्राई गरेको कोफ्ता ग्रेवी राखेर खान सकिन्छ ।

- रुवी राणा

मिस नेपाल, सौन्दर्यविद् तथा फेसन डिजाइनर

सामग्री : आलु १ किलो, पनीर ४ सय ग्राम, खुवा ५० ग्राम, काजु २० ग्राम, किसमिस १० ग्राम, कर्नफ्लोर १ सय ग्राम, क्रिम ४० मिलिलिटर, तेल फ्राई गर्न पुग्ने, गरम मसलाको पाउडर २० ग्राम, मरिचको धूलो २० ग्राम, धनियाँ ५ ग्राम, जिरा, खुर्सानी, बेसार एवं नुन स्वादअनुसार ।

विधि : थोरै पानीमा आलु गल्ने गरी उसिन्ने र बोक्रा छोडाई गिर्खा नरहने गरी मुछ्ने । त्यसमा पनीर, कर्नफ्लोर एवं सबै मसला हाली ५ मिनेटजति भुट्ने । खुवा, पनीर, काजु, किसमिस, क्रिम, बटर तथा पिनटको पेस्ट मिक्स गरी हाल्ने, आलुलाई गोलो–गोलो बनाई पनीर भएको मसला बीचमा राखी राम्रोसँग बन्द गरी ब्रेडकम लगाई रातो हुने गरी फ्राई गर्ने ।

ग्रेवीका लागि : प्याज (काटिएको) २ सय ग्राम, अदुवा–लसुनको पेस्ट ५० ग्राम, गोलभेंडा (काटिएको) ५० ग्राम ।

विधि : प्याजलाई रातो हुने गरी फ्राई गरेर लसुन, अदुवा एवं गोलभेंडा हाल्ने । तेल निस्किने गरी भुटेर अन्य मसला हाली ग्रेवी तयार गर्ने । त्यसमा फ्राई गरेको कोफ्ता ग्रेवी राखेर खान सकिन्छ ।

 Image