ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।

ब्लेन्डले मेकअपलाई रिफाइन गर्ने काम गर्छ भने ब्लसले रोज सेडेडको काम गर्छ । यी दुवै मेकअप हाइलाइट्सका प्रसाधन हुन् जसले मेकअपमा फाइन ट्युनिङको भूमिका खेल्छन् । पछिल्लो समयमा यी दुवै प्रसाधन वाटरप्रुफमा उपलब्ध हुन थालेका छन् । त्यसो त यस्ता फिनिसिङका लागि बाहिर लगाइने प्रसाधन वाटरपु्रफ नै हुनुपर्ने सौन्दर्यविज्ञहरू बताउँछन् ।
वर्षामा मेकअपमा सजिई टिपटप भएर हिँड्ने चाहना पूरा हुँदैन भन्ने चिन्ता धेरैमा हुन्छ । पानी पर्ने मौसममा यस्तो सोच आउनु अस्वाभाविक पनि होइन तर अहिले संसारमा असम्भव भन्ने कुरा हराउँदै गएको छ । अब चर्को घाम लागोस् वा ठूलो झरी परोस् कुनै विवाह, पार्टी वा समारोहमा जाँदा मेकअप बिग्रन्छ भन्ने चिन्ता गरिरहनु पर्दैन र त्यो डर भगाइदिएको छ वाटरपु्रफ मेकअपले ।
इन्द्रचोकका व्यवसायी भवेश बाँस्कोटाका अनुसार अहिले वर्षामा मात्र होइन अन्य समयमा पनि वाटरपु्रफ सौन्दर्य प्रसाधनको माग बढ्दो छ । लामो समय टिक्ने एवं चित्ताकर्षक भएकाले यसको माग ह्वात्तै बढेको हो । बाँस्कोटा भन्छन्–वाटरपु्रफ मेकअप गरेकाहरू अत्यन्तै कन्फिडेन्ट देखिन्छन् । जहाँ, जस्तो र जतिसुकै भीडमा भए पनि उनीहरूको आत्मविश्वास डगमगाउँदैन । साधारण मेकअपमा पुछिने, लतपतिने, बग्नेजस्ता समस्या हुन्छन् तर यस्ता सौन्दर्य प्रसाधनले लामो समयसम्म फ्रेस र ताजा देखाउन मद्दत पुर्याउँछन् ।
जोकोब हर्बलका घनश्याम गौतम वाटरपु्रफ सौन्दर्य प्रसाधनलाई सौन्दर्य प्रसाधनका क्षेत्रमा आएको क्रान्तिकारी र पछिल्लो प्रविधियुक्त प्रसाधन भन्न रुचाउँछन् । वर्षा र गर्मी अर्थात् पसिना आउने समयमा यस्ता प्रसाधन वरदान नै साबित हुने गौतमको धारणा छ ।
फेसनेबल मानिने गर्मी मौसम पहिरनका दृष्टिले उत्तम मानिन्छ । फेसनेबल भएर हिँड्दा आकर्षक देखिन मेकअपले विशेष महत्व राख्छ । पसिना आउने, भारी वर्षा हुने यो समयमा साधारण मेकअपको कुनै अर्थ रहंँदैन । त्यसैले लामो समयसम्म टिकिरहने मेकअप तथा त्यस्तै प्रकृतिका सौन्दर्य प्रसाधन सबैको रोजाइमा पर्छन् ।
लोटस हर्बल कस्मेटिकसका ऋषि अधिकारी भन्छन् –हाम्रोजस्तो हावापानीयुक्त मुलुकमा वाटरप्रुफ कस्मेटिक्स उपयुक्त छन् । उनका अनुसार यसले लामो समयसम्म सुन्दर त देखाउँछ नै कन्फिडेन्स पनि बढाउँछ ।
स्किन भिटा कस्मेटिक्सका सचिन मुडभरी भन्छन् —वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रोफेशनलहरूका लागि बरदान सावित भएका छन् । यी प्रसाधन स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक छैनन् ।
अहिले लोरियल, ल्याक्मे, रिमेल, मिसा, सिनेल, क्रसरोज, न्युट्रोजिनाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका कस्मेटिक्स कम्पनीले वाटरपु्रफ प्रसाधनको उत्पादनमा जोड दिन थालेका छन् । यी ब्रान्डका प्रसाधन संसारभर उत्कृष्ट मानिन्छन् । ती प्रसाधन सौन्दर्यका दृष्टिले मात्र होइन स्वास्थ्यका दृष्टिले समेत लोकप्रिय छन् । यी उच्च गुणस्तरीय ब्रान्डका फाउन्डेसन, कन्सिलर, प्राइमर, लिपिस्टिक, गाजल, मस्कारालगायत ब्लसरसम्म वाटरपु्रफ स्वरूपमा उपलब्ध हुन थालेका छन् ।
प्राइमर
साधारण प्राइमर अर्थात् मेकअप गर्नुअघि स्किनको बेसमा लगाइने यो प्रसाधनले नेचुरल मेकअपमा ठूलो भूमिका खेल्छ । प्राइमर त्यसै पनि मेकअपलाई धेरै समय टिकाउन र अझ मनमोहक बनाउन प्रयोग गरिने प्रसाधन हो । लिक्विड फममा हुने प्राइमर अहिले वाटरपु्रफमा पनि उपलब्ध हुन थालेको छ । बाटरपु्रफ प्राइमरले मेकअपलाई दोब्बर टिकाउने काम गर्छ तर प्राइमर छनोट गर्दा जहिले पनि राम्रो ब्रान्डको उच्च गुणस्तरीय नै छनोट गर्नुपर्छ किनभने यो प्रत्यक्ष रूपमा छालामा लगाइने प्रसाधन हो ।
मोइस्चराइजर
मोइस्चराइजरले सुख्खा छालालाई नरम एवं फ्रेस देखाउने काम गर्छ । मोइस्चराइजर ठ्याक्कै वाटरपु्रफ नै नभए पनि हिजोआज केही थिकमा आएको छ जसले छालालाई मोइस्चर प्रदान गर्ने मात्र नभई ग्लसी पनि देखाउँछ । मोइस्चराइजरबिनाको मेकअप पूर्ण हुँदैन । यसलाई मेकअपको जग नै मानिन्छ ।
फाउन्डेसन
यो मेकअपको मूल प्रसाधन हो । यसले कन्टोरिङ गर्ने, फेसकट मिलाउने, दाग–धब्बाका साथै पिम्पल्स र ब्ल्याक हेड्स छोप्ने आदि काम गर्छ । यसले मेकअपमा पहिलो र महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । हिजोआज बजारमा वाटरपु्रफ फाउन्डेसनसमेत उपलब्ध छन् । केही महँगा भए पनि यसको काम हेर्दा तिरेको पैसा बिर्सिइन्छ । यो फाउन्डेसन टिकाउ एवं मुहारमा चमक दिने खालको हुन्छ जुन साधारण फाउन्डेसनबाट प्राप्त गर्न सकिँदैन ।
कम्प्याक्ट
मूलत: वाटरपु्रफमा ठूलो भोल्युममा आउने भनेकै कम्प्याक्ट हो । प्राइमरलगायतका स्किन बेसमा लगाइने प्रसाधन पछि अप्लाइ गरिने कम्प्याक्ट लुज र ग्लसी दुवै फममा उपलब्ध हुन्छ । साधारण कम्प्याक्ट २ देखि ४ घन्टासम्म टिक्छ भने वाटरपु्रफ कम्प्याक्ट १२ घन्टासम्म सहजै टिक्ने खालको हुन्छ । कम्प्याक्ट लगाएपछि पानी परोस् वा पसिना आओस् बिग्रने र बग्ने डर हुँदैन ।
ब्लस एन्ड ब्लेन्ड
ब्लेन्डले मेकअपलाई रिफाइन गर्ने काम गर्छ भने ब्लसले रोज सेडेडको काम गर्छ । यी दुवै मेकअप हाइलाइट्सका प्रसाधन हुन् जसले मेकअपमा फाइन ट्युनिङको भूमिका खेल्छन् । पछिल्लो समयमा यी दुवै प्रसाधन वाटरप्रुफमा उपलब्ध हुन थालेका छन् । त्यसो त यस्ता फिनिसिङका लागि बाहिर लगाइने प्रसाधन वाटरपु्रफ नै हुनुपर्ने सौन्दर्यविज्ञहरू बताउँछन् । रिमेल, ल्याक्मे तथा लोरियलले पनि यस्ता ब्लस र ब्लेन्ड दुवै ठूलो भोल्युममा वाटरपु्रफमै उत्पादन गर्ने गरेका छन् । वाटरपु्रफ ब्लस तथा बेन्ड लगाएपछि बिहान गरेको मेकअप बेलुकासम्म जस्ताको तस्तै रहन्छ न बिग्रिने डर न पखालिने भय ।
मस्कारा
हिजोआज वाटरपु्रफ भोल्युम मस्कारा नै बढी चलेको पाइन्छ । आँखा जस्तो संवेदनशील अंगमा लगाइने हुनाले स्वास्थ्यका हिसाबले पनि वाटरपु्रफ मस्कारा नै उपयुक्त छ । किनभने न यो बग्छ, न लतपतिन्छ । यो मस्कारा बढी टिकाउ हुनुका साथै यसले परेला नझार्ने, नबिगार्ने तथा आँखालाई धूलोका कणबाट जोगाउने कामसमेत गर्छ । वाटरपु्रफ मस्कारालाई ५ सयभन्दा माथि पर्छ । यसमा बिहान लगाए रातिको पार्टीलाई समेत धान्ने विशेषता हुन्छ ।
गाजल
गाजललाई आँखाको सुन्दरता थप्ने मात्र नभई प्राकृतिक रूपमा आँखाको स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । घरमा बनाइएको गाजलले आँखालाई राम्रो गर्ने विश्वास गरिन्छ । हिजोआज बजारमा वाटरपु्रफ गाजलको बढी माग छ । यो गाजलले कुनै साइड इफेक्ट नगर्ने व्यवसायीहरूको तर्क छ । एकपटक लगाएपछि नबग्नु, लामो समयसम्म टिक्नु तथा अनुहार धुँदा पनि फरक नपर्नु यसका विशेषता हुन् ।
लिपिस्टिक
वाटरपु्रफ लिपिस्टिक लगाइसकेपछि पानी पिउँदा पोखियोस् वा खानेकुरा खाँदा त्यति होसियार भैरहनु पर्दैन । यसले थप आत्मविश्वास भर्छ अन्यथा आम लिपिस्टिक लगाउँदा बाहिर लाग्यो कि वा केही खाँदा–पिउँदा बिग्रने हो कि भन्ने चिन्ता भैरहन्छ । वाटरपु्रफ लिपिस्टिक विभिन्न ब्रान्डमा सयौं कलरमा उपलब्ध छ ।