Successfully Copied

सोया पकौडा

सोयालाई तातो पानीमा ५ मिनेट जति भिजाउने । पानीबाट निकालेर निचोर्ने अनि अर्काे भाँडामा राख्ने ।

सामग्री : सोया दाना ५ सय ग्राम, दही १ कप, बेसन १ चम्चा, खुर्सानीको धूलो स्वादअनुसार, नुन स्वादअनुसार, तेल ५ सय मिलिलिटर ।

विधि :  सोयालाई तातो पानीमा ५ मिनेट जति भिजाउने । पानीबाट निकालेर निचोर्ने अनि अर्काे भाँडामा राख्ने । सोयालाई दही, बेसन, नुन तथा खुर्सानीसँग मोल्ने र थप ५–६ मिनेट राख्ने । कराहीमा राखिएको तातो तेलमा मधुरो आँच दिँदै पकाएर खैरो भएपछि निकाल्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।

 Image