Successfully Copied

मिस राई २०१७ को उपाधि एलिशा राईलाई

हालै राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस राई प्रतियोगिताको पााचौं संस्करणमा एलिशा राईले विजेता ताज पहिरिन सफल भएकी छिन् । उनले आफ्ना अन्य ११ प्रतिस्पर्धीलाई पछि पार्दै मिस राईको उपाधिमा आफ्नो नाम दर्ता गरेकी हुन् ।

हालै राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस राई प्रतियोगिताको पााचौं संस्करणमा एलिशा राईले विजेता ताज पहिरिन सफल भएकी छिन् । उनले आफ्ना अन्य ११ प्रतिस्पर्धीलाई पछि पार्दै मिस राईको उपाधिमा आफ्नो नाम दर्ता गरेकी हुन् । मुख्य उपाधि संगै पुरस्कारका रुपमा एलिशाले यामाहा फ्यासिनो स्कुटर प्राप्त गरेकी छिन् । प्रतियोगितामा ईशारा राई फस्ट रनर अप तथा अस्मिता राई र रोजी राई क्रमश: सेकेन्ड तथा थर्ड रनर अप चयन भएका थिए । किराँत राई मौलिक कला संस्कृति केन्ऽले किराात समुदायका युवतीहरुमा किराात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरेको यस प्रतियोगितामा ट्यालेन्ट विधामा शर्मिला राई, बेस्ट फोटोजेनिक र भिवर च्वाइज अवार्डमा रजनी राई, बेस्ट फ्रेण्डशिपमा एलिशा राई, बेस्ट स्माइलमा एलिना राई, बेस्ट वाकमा अस्मिता राई विजेता चयन भएका थिए । 

प्रतियोगितामा कमला राई पंचुयालिटी, संगीता राई डिसिप्लीन, प्रतिमा राई वेष्ट कल्चर तथा वेष्ट ड्रेस विधामा उत्कृष्ट ठहरिएका थिए । यसैगरी रोजी राई वेष्ट फिगर, रेश्मा राई वेष्ट हेयर, इशारा राई पर्सनालिटी तथा सम्झना राई पपुलर विधामा विजेता चयन गरिएका थिए । किराात विन्द्रको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रममा राजेश पायल राई, रुपकुमार राई, पार्वती राई, सन्तोस दुमी राई, बिक्रम राई, देबेश राई लगायतले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए । 

 Image