Successfully Copied

नृत्यमा कुशल एलिशा

लुट–२ को ठमेल बजारको भिडियोपछि म धेरैको नजरमा परें ।

एलिशा राई, नायिका

हिजोआज निकै व्यस्त देखिनुहुन्छ नि ?

लुट–२ को ठमेल बजारको भिडियोपछि म धेरैको नजरमा परें ।

लुट–२ तपाईंको पहिलो चलचित्र हो र ?

होइन, मैले विष्णायो नामक राई भाषाको चलचित्रमा अभिनय गरेकी थिएँ । त्यसपछि लुट–२ मा देखिएकी हुँ । धेरै दर्शकमाझ भने यसैबाट चिनिएकी हुँ । 

अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?

७० वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकें । अहिले भने जस्तो पायो त्यस्तोमा अभिनय गर्दिन, चुँजी हुन थालेकी छु । ठमेल बजारकी केटीको भिडियो भनेपछि सबैले राम्रो होला भन्ने अपेक्षा गर्छन् । 

अभिनयमा भन्दा नृत्यमा कुशल हुनुहुन्छ हो ?

लुट–२ मा म बार गर्लको भूमिकामा भएका कारण नृत्यमा केन्द्रित हुनुपरेको हो, यद्यपि म अभिनय पनि राम्रै गर्छु । 

कस्तो चलचित्रमा देखिने चाहना छ ?

अलि फरक शैलीको चलचित्रमा काम गर्ने चाहना छ । सबै वर्गका दर्शकले राम्रो भनून् भन्ने मेरो चाहना हो। 

महिला सौन्दर्य के हो ?

म फिजिकल ब्युटीमा मात्र विश्वास गर्दिन । कतिपय व्यक्ति जो देख्दा अत्यन्त सुन्दर हुन्छन् तर उनीहरूमा ज्ञान, बुद्धि एवं क्षमताको कमी हुन्छ । त्यसैले ब्युटी विथ ब्रेन एन्ड गुड हार्ट चाहिन्छ । 

फुर्सदमा के गर्नुहुन्छ ?

मलाई निकै नाच्न मन लाग्छ । त्यसैले समय पाउनासाथ नाच्छु ।

तपाईंको कमजोरी ?

विश्वास गरिहाल्ने र कुरा नलुकाउने ।

मानिसको कुन प्रवृत्तिबाट दिक्क लाग्छ ?

देखावटी प्रवृत्तिबाट ।

 Image