Successfully Copied

बालिका बनिन् मिसेस् क्वीन नेपाल २०१७

वर्ष २०७३को अन्तिम सााझलाई अविश्मरणीय बनाउने हेतुले इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टले गत चैत्र ३१ गते लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सौन्दर्य प्रतियोगिता, म्युजिकल कन्सर्ट र फेसन शोलाई एउटै मंचमा पालैपालो पस्किने काम गर्‍यो ।

वर्ष २०७३को अन्तिम सााझलाई अविश्मरणीय बनाउने हेतुले इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टले गत चैत्र ३१ गते लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सौन्दर्य प्रतियोगिता, म्युजिकल कन्सर्ट र फेसन शोलाई एउटै मंचमा पालैपालो पस्किने काम गर्‍यो । प्रारम्भमा थियो विवाहित नारीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् क्वीन नेपाल २०१७’ । जसमा १६ जना प्रतिस्पर्धीहरुो सहभागिता रहेको थियो । प्रतियोगितामा बालिका अधिकारीले मिसेस् क्वीन नेपालको ताज पहिरिन सफल भइन् । उनले ताज सहित हिरो स्कुटर तथा इभेन्ट बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर सम्मान पनि प्राप्त गरिन् ।

पूर्व मिस नेपाल उषा खड्गीको कोरियोग्राफी रहेको सो प्रतियोगितामा स्यान्डी भण्डारी फस्ट रनर अप तथा निकिता पाण्डे सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । प्रतिस्पर्धामा मिस ट्यालेन्टको उपाधि गायिका समेत रहेकी बबिता मानन्धरले जितिन् । बेस्ट पर्सनालिटीमा स्यान्डी भण्डारीे, मस्ट ब्युटिफुलमा करुणा श्रेष्ठ, बेस्ट स्किनमा आस्मा पुन मगर, बेस्ट हेयरमा बालिका अधिकारी, बेस्ट क्याटवाकमा अनिता श्रेष्ठ, मस्ट पपुलरमा सुविना शाक्य, मस्ट फोटोजेनिकमा सरला थापा तथा बेस्ट फिगरमा मोनिका श्रेष्ठ विजेता घोषित भएका थिए ।

मिसेस् क्वीन नेपाल सम्पन्न भए लगत्तै गायत सविन राई फराओ ब्यान्ड सहित मंचमा देखा परे । उनले करिब एक दर्जन आफ्ना चर्चित गीतहरु सुनाए । हास्य कलाकार महादेब त्रिपाठीले जादू र प्रहसनले दर्शकलाई निकै बेर हसाएको सो कार्यक्रमको उत्तर्राद्धमा रमिता भण्डारीको कोरियोग्राफीमा मोडलहरुले पछिल्लो फेसन परिवेशमा देखिएका विविध पहिरनहरु फेसन शो मार्फत् प्रर्दशन गरेका थिए । राति अबेर सम्म चलेको सो कार्यक्रमले नयाँ वर्ष स्वागत गर्दै डिजे सेसन हुँदै विश्राम लिएको थियो ।

 Image