समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।

माया–प्रेमबाट कोही पनि अछूतो रहँदैन भन्ने विषयमा निर्माण गरिएको चलचित्र हो–निर्भय । यो चलचित्रमा नायक निखिल उप्रेती नेपाल प्रहरीको डिएसपीको भूमिकामा छन् । राष्ट्रियताको पक्षमा लड्दालड्दै मायामा जोडिने नायकको भूमिकामा निखिलको सशक्त अभिनय यो चलचित्रको विशेषता हो । नायिका नीता ढुंगाना, सुशील पोखरेल, प्रदीप ढकाल, विकास चापागाईं, रामचन्द्र अधिकारी, प्रकाश न्यौपाने, रश्मि भट्ट आदिले समेत अभिनय गरेको निर्भयमा जनताले दैनिक रूपमा भोगिरहेका कथा–व्यथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।