Successfully Copied

समानता व्यवहारमा हुनुपर्छ

समानता र सशक्तीकरण अहिलेका सर्वाधिक चलेका शब्द हुन् । यथार्थ के हो भने सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने पनि होइन । यी दुवै शब्द महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न सक्ने वातावरण सिर्जना

समानता र सशक्तीकरण अहिलेका सर्वाधिक चलेका शब्द हुन् । यथार्थ के हो भने सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने पनि होइन । यी दुवै शब्द महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न सक्ने वातावरण सिर्जना गराउने खालका छन् । आफूलाई हरेक कोणबाट योग्य बनाउनु नै सशक्तीकरण हो ।

व्यक्ति, स्थान एवं संस्कृतिअनुरूप यसको परिभाषा पनि फरक–फरक हुनसक्छ । अहिलेको समयमा समानता भन्ने मुद्दा शब्दको खेल भैरहेको छ । पुरुषले जे गर्छन् त्यही गरेमात्र समानता हुन्छ भन्ने सोच र परिभाषा पनि पाइन्छ तर यो कहिल्यै हुन सक्दैन । परिवार र राज्यले दिने सेवा, अवसर तथा जिम्मेवारी बराबर रूपमा बाँडफाँड हुनु नै समानता हो जसबाट बिस्तारै सशक्तीकरण हुँदै जान्छ । महिलाले आर्थिक, शैक्षिक एवं सामाजिक रूपमा समान हुने प्रयास गर्नुपर्छ ।

अंश र वंशको अधिकार समानताको अधिकारको मेरुदण्ड हो जसलाई लागू गराउन राज्यको सकारात्मक सहयोग आवश्यक छ । कुरा गरेर मात्र होइन व्यवहारमै महिला समानताका लागि पहल गर्नु आजको आवश्यकता हो ।

सृष्टि गिरी, नुवाकोट

 Image