Successfully Copied

घर न्यानो बनाउन

जाडो मौसममा घर न्यानो बनाउन आन्तरिक सजावटमा केही परिवर्तन ल्याउनुपर्छ । फर्निचर प्लेसिङ, रंग तथा एसेसरिजमा केही परिवर्तन गरी घरको वातावरण बदल्न सकिन्छ ।

जाडो मौसममा घर न्यानो बनाउन आन्तरिक सजावटमा केही परिवर्तन ल्याउनुपर्छ । फर्निचर प्लेसिङ, रंग तथा एसेसरिजमा केही परिवर्तन गरी घरको वातावरण बदल्न सकिन्छ ।

वाल कलर्स

जाडो र गर्मीको अन्तर रंगबाट स्पष्ट हुन्छ । गर्मीमा हल्का रंगको प्रयोग उपयुक्त हुन्छ भने जाडोमा वार्म तथा ब्राइट कलर्स राम्रो देखिन्छ । जाडोमा घर पेन्ट गराउँदा वार्म सेड्स वा वुड कलर्स छनोट गर्नुपर्छ । यसले न्यानोपनको अनुभूति दिलाउनुका साथै घर पनि उज्यालो देखिन्छ । यसबाहेक रातो, सुन्तला वा पहेंलो रंगको प्रयोगबाट पनि घरमा ऊर्जा संचार हुन्छ । दुईवटा कन्ट्रास्ट कलर एकसाथ प्रयोग गर्नुहुँदैन । एउटै रंगको गाढा र हल्का सेड्सले कोठालाई डार्क लुक प्रदान गर्छ जसले गर्दा कोठा उदासीन देखिन्छ ।

लाइटिङ

कोठालाई टास्क र एकसेन्ट लाइटिङबाट वार्म राख्न सकिन्छ । यसबाहेक कोठालाई सुन्दर तथा वार्म बनाउन फ्लोर तथा वाल लाइटिङ पनि प्रयोग गर्न सकिन्छ । फ्लोरोसेन्ट बल्बको स्थानमा टंगस्टन बल्ब प्रयोग गर्नुपर्छ ।

डार्क पर्दा

घरमा न्यानोपन महसुस गराउन डार्क सेडका पर्दा लगाउनुपर्छ । त्यसो त पर्दाले कुनै पनि कोठाको लुक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । मौसमअनुकूल परिवर्तन ल्याउनाले घरलाई नयाँ रूप–रंग प्राप्त हुन्छ । पर्दाको रंग घरको इन्टेरियर, विशेषगरी वाल पेन्ट्ससित सुहाउँदो हुनुपर्छ ।

कार्पेट रग्स

खुट्टालाई न्यानो राख्न घरमा कार्पेट ओछ्याउनुपर्छ । अहिले बजारमा विभिन्न रंग, डिजाइन, प्याटर्न, साइज र आकारका कार्पेट उपलब्ध छन् । नयाँ कार्पेट घरको शैली एवं रंगसँग सुहाउँदो हुनुपर्छ । घरका सोफा, बेड एवं डाइनिङ टेबलसामु रग्स ओछ्याए खुट्टामा चिसो लाग्दैन । चहकिलो रंगको गलैंचा एवं रग्सको प्रयोगबाट सामान्य कोठा पनि विशेष देखिन्छ ।

सेन्टेन्ड क्यान्डल्स

यस्ता क्यान्डल छनोट गर्नुपर्छ जुन घरको डेकोरसित कम्प्लिमेन्ट गर्ने खालको हुन्छ । यिनलाई कुनै एउटा कर्नरको होल्डर्समा लगाउन वा प्लेट वा बल सजाउन सकिन्छ । घरमा फायर प्लेस भए त्यसवरपर कफी टेबल, रग्स र दुई–तीनवटा कुर्सी राख्नुपर्छ वा कर्नर्समा क्यान्डल्स चलाउनुपर्छ । क्यान्डल्सले घरमा न्यानोपनको अनुभूति प्रदान गर्छ । लाइट सेन्टेड क्यान्डल्स वा फ्रेगरेन्ट स्टिक्स पनि प्रयोग गर्न सकिन्छ । यसबाट घरको वातावरण सुगन्धित रहन्छ ।

यी कुरामा ध्यान पुर्‍याऔं

घरमा उज्यालोको पर्याप्त बन्दोबस्त गरौं । घरमा न उज्यालोको कमी होस् न त चिसो हावा नै भित्र छिर्न सकोस् । पर्दा बाक्लो भएर कोठामा पर्याप्त उज्यालो पस्न गाह्रो नहोस् भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । जाडोमा आफ्नो घरमा बोल्ड र ब्राइट कलर्स प्रयोग गर्नुपर्छ । कार्पेट प्रयोग गर्ने चाहना नभए कोठाको चम्किलो भुइँले पनि फ्लोरको सुन्दरता बढाउन सकिन्छ ।

घरको इन्टेरियरका बारेमा आधा कथा यसको फर्निचरले जाहेर गर्छ । फर्निचर महँगो हुनु आवश्यक छैन तर त्यो आकर्ष क, घरको आन्तरिक सजावटसित मेल खाने, साधारण एवं आरामदायक हुनुपर्छ । सहज रूपमा प्रयोगमा आउने फर्निचर उपयुक्त हुन्छ । फर्निचरलाई अलग–अलग रूपमा प्लेसिङ गर्दा राम्रो देखिने भएकाले समय–समयमा कोठाको फर्निचर रिसेट गर्नु उपयुक्त हुन्छ ।

घरमा फालिएका, पुराना, टुटेफुटेका सामान एवं फर्निचर राख्नुहुँदैन । यसबाट घरको इन्टेरियर बिग्रन्छ । घरमा जति बढी सामान भयो व्यवस्थित गर्न त्यति नै गाह्रो हुन्छ । अत: अनावश्यक सामान थुपार्ने गल्ती गर्नुहुँदैन । घर जति न्यानो, आरामदायक एवं उज्यालो राखिन्छ, त्यो जाडोमा उत्तिकै प्यारो, सुन्दर तथा सुखद् हुन्छ ।

 Image