Successfully Copied

बनौं स्मार्ट सपर

सबैभन्दा पहिले आफूलाई कुन–कुन कुरा आवश्यक छ, त्यसको सूची तयार पार्नुपर्छ ।

सबैभन्दा पहिले आफूलाई कुन–कुन कुरा आवश्यक छ, त्यसको सूची तयार पार्नुपर्छ । यसो गर्दा अनावश्यक किनमेलबाट जोगिन सकिन्छ । सेल प्रारम्भ हुनेबित्तिकै पुग्नुपर्छ । यसबाट आफ्नो रोजाइको सामग्री खरिद गर्न सकिन्छ । ढिलो गरे साइज प्राप्त नहुने, स्टक सकिने हुन्छ । सेलमा सपिङ गर्दा एक्सपेरिमेन्ट गर्नुको साटो बेसिक कुराहरू खरिद गर्नुपर्छ, जुन पछि प्रयोगमा आउँछन् । उदाहरणका लागि यदि प्लेन अफ ह्वाइट ड्रेस खरिद गर्ने हो भने त्यसलाई दैनिक प्रयोगमा ल्याउन सकिन्छ । स्मार्ट ब्याग, सुज, नेक पिस आदि पार्टीमा पनि प्रयोग गर्न सकिन्छ ।

यसैगरी प्लेन ब्ल्याक, रेड, ब्लु आदि कलरको ड्रेस पनि मिक्स एन्ड म्याच गरी लगाउन सकिन्छ ।सेलमा खरिद गर्दा ब्रान्डेड जिन्स, ज्याकेट, ब्याग, सुज, इनर वेयर, फर्मल पाइन्ट, सर्ट, वाच, सनग्लासेस, क्लच, कक्टेल रिङ आदिलाई प्राथमिकता दिनु राम्रो हुन्छ । यिनलाई लामो समय प्रयोग गर्न सकिन्छ ।

यदि बाय वान गेट वान अफर छ र आफूलाई दुईवटा चाहिँदैन भने आफ्नो साथीका साथ सपिङमा जानुपर्छ र दुवैले एक–एक वटा पिस खरिद गर्नु राम्रो हुन्छ । फिटिङ आउटफिट खरिद गर्नुपर्छ । साइजमा सम्झौता गर्नु हुँदैन । ड्रेस जति नै महँगो भए पनि त्यसको फिटिङ राम्रो छैन भने त्यो सुहाउँदिलो हुँदैन ।

सस्तो पाइरहेको छ भन्दैमा सी थ्रु, लेसी, ब्याकलेसजस्ता बोल्ड पहिरन खरिद गर्नु ठीक होइन । तिनको प्रयोग पछि धेरै हुन सक्दैन । यस्ता पहिरन खरिद गर्नुपर्छ जुन पहिरन बढी प्रयोग हुन्छन् ।

 Image