Successfully Copied

माघमा १२ औं मिस नेवा:

नेप्लिज फेशन होमले ‘मिस नेवा’ प्रतियोगिता ‘१२ औं मिस नेवा: ११३७’ घोषणा गरेको छ ।

नेप्लिज फेशन होमले ‘मिस नेवा’ प्रतियोगिता ‘१२ औं मिस नेवा: ११३७’ घोषणा गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा १२ औं मिस नेवा घोषणा गरेको हो । मिस नेवा: का सल्लाहकार एवं प्राइम बैंकका उपमहाप्रबन्ध भाईराजा तुलाधरले नेवार समुदायले गर्नु पर्ने मिस नेवा: कार्यक्रम नेप्लिज फेशन होमले नेवार संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

हालकी मिस नेवा एन्जल श्रेष्ठले आफू नेवार परिवारकी छोरी भएर पनि मिस नेवामा भाग लिएपछि नेवारी संस्कृति बारे जन्ने बुझ्ने अबसर पाएको बताईन् । कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्,‘ नेवारी संस्कृति, भाषा, भेषभुषा बारे युवा पुस्तालाई जानकारी गराउँदै उनीहरु मार्फत संरक्षण तर्फ समाजलाई उन्मुख गर्न  बिगत १२ वर्ष देखि मिस नेवा: प्रतियोगिता आयोजना गर्दै आएका हौं।’

१२ औं मिस नेवा:को चयन आगामी माघको दोस्रो साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन् ।

 Image