Successfully Copied

नारी सशक्तीकरण

सशक्तीकरणलाई अथ्र्याउनु आफैंमा कठिन कुरा हो र पनि हाम्रो संस्कार, संस्कृति तथा धार्मिक ग्रन्थहरूले पौराणिक कालमा पनि द्रौपदी, गान्धारी, रतीजस्ता सशक्त नारीहरूको उपस्थिति देखाउँछन् महिलाको चर्चा गर्दा उनीहरूको शक्ति र सशक्त पाटोलाई गम्भीर रूपमा केलाउनै पर्छ ।

सशक्तीकरणलाई अथ्र्याउनु आफैंमा कठिन कुरा हो र पनि हाम्रो संस्कार, संस्कृति तथा धार्मिक ग्रन्थहरूले पौराणिक कालमा पनि द्रौपदी, गान्धारी, रतीजस्ता सशक्त नारीहरूको उपस्थिति देखाउँछन् महिलाको चर्चा गर्दा उनीहरूको शक्ति र सशक्त पाटोलाई गम्भीर रूपमा केलाउनै पर्छ । हाम्रा चाडपर्वमा यिनै नारीको सशक्त रूप तथा स्त्रीशक्तिको पूजा–आराधना हुने हुँदा नारीमा भएको वास्तविक गुण र खुबीलाई सम्मान गर्ने चलन प्राचीन समयदेखि नै चल्दै आएको हो । 

पौराणिक कालका नारीहरू सत्ता सम्हाल्न पति, पुत्र वा अन्य निकटकालाई निर्देशन दिन मात्र होइन आफ्नै बलबुताले सत्ता कब्जा गर्ने तथा आफैं राजकाज हाँक्ने काममा समेत अब्बल थिए जसमा उनीहरूको सशक्तता झल्कन्थ्यो भने आजका आधुनिक नारीहरू घर, कार्यालयसँगै मुलुकमा सम्माननीय उच्चपदमा आसीन रही परिवार, पेसा र मुलुकलाई एक साथ हाँक्न सफल छन् ।

न्यायाधीश सपना मल्ल प्रधान भन्छिन्–‘सशक्तीकरण त्यो आन्तरिक शक्ति हो जसले सही र गलत छुट्याई आफ्नो निर्णय आफैं गर्न सक्ने क्षमता राख्छ । यसका विविध सहायक पक्ष छन्, शिक्षा, स्वास्थ्य, आर्थिक आयआर्जन तथा चेतना ।’ त्यस्तै कोरियोग्राफर रचना शर्मा गुरुङका अनुसार सशक्तीकरण भनेको आफू अरूका अगाडि प्रस्तुत हुन सक्नु हो । आफ्ना लागि न्याय–अन्यायमा आफैं बोल्न सक्ने खुबी राख्नु सशक्तीकरण हो । पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यकी प्राध्यापक सुमन नेपालका अनुसार महिलालाई सशक्त बनाउने पहिलो संयन्त्र शिक्षा हो । शिक्षाले चेतनशील बनाउँछ, चेतनाले सूचनाको पहुँच र निर्णय शक्ति पैदा गर्छ भने सीपले आयआर्जनका लागि अग्रसर गराउँछ ।’ 

सशक्तीकरण भनेको व्यक्तिको भित्रैदेखि निस्कने आत्मविश्वास, निर्णय शक्ति तथा पहुँच हो । विजयादशमीमा नारी शक्तिको पूजा गरिनुले पनि पौराणिक कालमा नारी सशक्तीकरणको अभियान र त्यसको विजयलाई प्रस्ट्याउँछ । 

 Image