पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभ्रेली युवतीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो २०७३ (मिस काभ्रे) को आठौं संस्करणको तयारी बनेपामा भैरहेको छ । काभ्रे जिल्लाको धुलिखेल, नाला, बनेपा पााचखाल, पनौती, भैसेपाटी, साागा भकुण्डे, शंखु आदि ठाउाबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी फाइनलका लागि छनौट भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने उक्त प्रतियोगितामा १६ देखि २२ वर्ष उमेर समूहका अविवाहित युवतीहरूको सहभागिता छ ।
अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई कोरियोग्राफर राज फैजुले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा व्यक्तित्व विकास, एक्टिङ, डान्स, उद्घोषण आदिका बारेमा प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन् । फाइनल कार्यक्रम आगामी पुस २ गते बनेपामा सम्पन्न हुनेछ ।