Successfully Copied

विवाह जीवनको महत्वपूर्ण संस्कार हो

विवाह कुनै पनि समाजका लागि महत्वपूर्ण छ ।

शैलजा अधिकारी, सिइओ, आइइसी ग्रुप 

वैवाहिक संस्कार के हो ?

विवाह कुनै पनि समाजका लागि महत्वपूर्ण छ । विश्वका हरेक कुनामा संस्कृति र परम्परा फरक–फरक भए पनि विवाह गर्ने चलन छ । यो जीवनको निकै राम्रो यात्रा हो । जुन यात्रामा फरक–फरक परिवार तथा परिवेशमा हुर्किएका दुई जीवन एक भएर जीवन बिताउने प्रण गर्छन् । पुस्ता बिस्तारका लागि वैवाहिक संस्कार आवश्यक छ । वैवाहिक संस्कारबिना सृष्टि अकल्पनीय हुन्छ । 

जीवनमा विवाह कत्तिको आवश्यक छ ?

एकदम आवश्यक छ । जीवनमा आफ्ना लागि नितान्त नजिकको साथी चाहिन्छ । जीवनमा आफ्ना सुख–दु:ख, हाँसो तथा रोदन बाँड्न सकिन्छ भने त्यो जीवनसाथी नै हो । 

वैवाहिक जीवन सफल बनाउने सूत्र के हो ?

वैवाहिक जीवन सुखपूर्वक बिताउन विवाहलाई सम्झौता मानेर एक–अर्कासँग बार्गेनिङ गर्नु हुँदैन । 

विवाहपछि महिलाहरूको स्वतन्त्रता हनन् हुन्छ भनिन्छ नि ?

मैले त विवाहपछि अझ बढी स्वतन्त्रता महसुस गरेकी छु । स्वतन्त्रताको बुझाइ पनि फरक–फरक हुन्छ । यसलाई सबैले आ–आफ्नै तरिकाले परिभाषित गर्छन् तर मैले गर्ने परिभाषा तथा बुझाइमा म अझ विवाहपछि स्वतन्त्र भएँ । आमा बन्न पाउनु आफ्नो सन्ततिको हेरचाह गर्न पाउनु जीवनको सबैभन्दा सुखमय घडी हो । सन्तानको हेरचाह गर्दा स्वतन्त्रता हनन् हुन्छ भन्ने हो भने म त्यसलाई मान्ने पक्षमा छ्रैन । तथापि विवाहअघि आफ्नो जीवनशैली कस्तो छ सोहीअनुसारको जीवनसाथी छनोट गर्नु आवश्यक छ । यति गर्न सके विवाहपछि अझ बढी स्वतन्त्रता अनुभव गर्न सकिन्छ । 

विवाहलाई माया–प्रेमभन्दा पनि जीवनको सम्झौता भनिन्छ होइन ?

विवाह माया–प्रेमको थालनी हो । कसैले विवाहलाई सम्झौता मान्छन् भने उनीहरूले विवाह नगरे हुन्छ । सम्झौता पनि कस्तो प्रकारको हो त्यसमा भर पर्छ । त्यसमा एकले अर्कोका लागि आफ्नो पूरा जीवन दिन्छन् । 

 Image