Successfully Copied

साहसी महिला

अहिले नेपाली महिला तुलनात्मक धेरै अगाडि बढिसकेका छन् । समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ ।

अहिले नेपाली महिला तुलनात्मक धेरै अगाडि बढिसकेका छन् । समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । यसले गर्दा पनि महिलालाई हरेक क्षेत्रमा कदम बढाउन केही सहज हुँदै गएको छ । अहिले अप्ठ्यारो तथा चुनौतीपूर्ण काम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ । अग्ला–अग्ला हिमाल चढ्ने , कायाकिङ गर्ने, अग्ला पहाडमा साइकल कुँदाउने , पहिरो तथा ठूला–ठूला बिल्डिङ एवं पहाड फोड्ने , बस चलाउने साहसी महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ । महिलाहरू जस्तो सुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा पनि रिस्क लिन सक्षम छन् भन्ने कुरा यसले पनि प्रमाणित गरिदिएको छ ।

सर्वोच्च शिखर सगरमाथा चढ्ने नेपाली महिलाको संख्या पनि बढ्दो छ । तीन पटक सगरमाथा आरो हण गरिसकेकी माया शेर्पा साहसी महिला हुन् । सन् २००३ देखि हिमाल चढ्न थालेकी माया शेर्पा सुरुमा आमादाब्लाम हिमाल चढेको बताउँछिन् । नेपाल माउन्टेरिङ एसोसियसन (नाम) मा केही समयको बेसिक ट्रेनिङ लिएपछि मात्र उनी हिमाल चढ्न थालेकी हुन् । सुरुमा केही डर लागे पनि साहस गरेर चढेपछि सबै दु:ख बिर्सने मायाले बताइन् । इतिहास बनाउन मात्र नभएर साहसिक काम गर्ने नशाजस्तै भएको माया बताउँछिन् । मायाका अनुसार अहिलेका महिला कुनै पनि कुरामा पुरुषभन्दा कम छैनन् ।

रोमाञ्चक साथै चुनौतीपूर्ण साइकल यात्रा गर्ने साहसी महिला हुन्–लक्ष्मी मगर । पहाडमा पुरुषसरह साइकल कुँदाएर आफ्नो नाम उच्च राख्न सफल छिन्–लक्ष्मी । लक्ष्मीले साइकलबाटै अप्ठ्यारा पहाडको यात्रा तय गरिसकेकी छिन् । ८ वर्षदेखि चुनौतीपूर्ण क्षेत्रमा उदाहरणीय काम गरिरहेकी लक्ष्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३२ भन्दा बढी प्रतियोगितामा भाग लिइसकेकी छिन् ।

अहिलेका महिला अवसर पाए जुनसुकै र जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि अघि बढ्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन्– डोजर चालक मुना घिमिरे श्रेष्ठ । अक्सर डोजर चालक पुरुष मात्र देखिए पनि मुनाले महिला पनि कम छैनन् भनेर प्रमाणित गरेकी छिन् । उनले पहिरो गएको ठाउँमा पहिरो पन्छाउने होस् वा भवन भत्काउने काम डोजर को माध्यमबाट गरेको धेरै वर्ष भैसकेको छ । यसै गरी पुरुषसँगै हातमा हात र काँधमा काँध मिलाएर अघि बढेकी ठूला बस चलाउने महिला रेविका थापाको आँटलाई पनि कम मान्न सकिँदैन ।

महिलाको शारीरिक बनोट पुरुषको तुलनामा भिन्न भएकाले शारीरिक रूपमा उनीहरू केही कमजोर हुन्छन् भनिन्छ । महिनावारी महिलाहरूको प्राकृतिक बाध्यता हो । महिनावारी भएको समयमा महिलालाई शारीरिक एवं मानसिक रूपमा केही गाह्रो हुन्छ । यद्यपि उनीहरू आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेका छन् र सफल पनि भएका छन् ।

अप्ठ्यारो तथा चुनौतीपूर्ण काम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ । अग्ला–अग्ला हिमाल चढ्ने , कायाकिङ गर्ने, अग्ला पहाडमा साइकल कुँदाउने , पहिरो तथा ठूला–ठूला बिल्डिङ एवं पहाड फोड्ने , बस चलाउने साहसी महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ ।

 Image