हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

क्यानाडामा क्यानेडियन ब्युटी कलेजमा पढेर उतै क्याला नेल्स एण्ड स्पाको मेडिकल एसिस्टेन्टका रूपमा कामको अनुभव बटुलेकी इच्छा कार्की यसपटककी सुपर मोडल हुन् । सुपर मोडलको उपाधि जितेपछि उनमा विदेश बस्ने मोह हराएको छ । इच्छा छोटो समयमै धेरैको नजरमा परिसकेकी छिन् । त्यसैले पनि उनले डेढ–दुई महिनाभित्रै थुप्रै पत्रपत्रिका, विज्ञापन तथा र्याम्प शोमा अवसर प्राप्त गरिन् । अहिले हेयर स्टाइलसम्बन्धी प्रशिक्षण लिइरहेकी इच्छा नेपालमै ब्युटी सैलुन खोल्ने तयारीमा छिन् । इच्छा सबैसँग सजिलै घुलमिल हुन्छिन् ।
सुपर मोडल भएलगत्तै उनलाई थुपै्र चलचित्रबाट अफर आएको थियो तर उनले नेपाली चलचित्रको अवस्था नियाल्दै ती अफरहरू अस्वीकार गरिन् । अहिले उनलाई सुविन भट्टराईको समर लभका लागि अफर आएको छ । सानैदेखि चलचित्रमा रुचि भए पनि कस्तो चलचित्रबाट डेब्यु गर्ने हो भन्ने दोधार छिन्–इच्छा । अहिले उनी बालबालिका तथा महिलाहरूका लागि संस्था खोलेर उनीहरूको सेवा गर्ने लक्ष्यका साथ अघि बढ्दैछिन् ।